२७ श्रावण २०७९, शुक्रबार

कोरोनाबाट सुर्खेतका एकजनाको बाँकेमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको लेकबेसी ९ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलवार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

पुष १२ गते अस्पताल भर्ना भएका उनको १३ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसोलेशन आईसियु वार्डमा भर्ना गरिएको थियो ।

रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत उनको स्वास्थ्य अवस्था विगिँ्रदै गएपछि मंगलवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ७६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech