७ बैशाख २०८१, शुक्रबार

मिसावट बिउ पाउदा किसान चिन्तामा

बैजनाथ गाउँपालिका वडा न ६ स्थित एच गाउँ, लालपुर जस्ता क्षेत्रमा धेरै किसीमका धान उब्जे पछि किसानहरु समस्यामा परेका हुन् ।

  • आर के छिनाल

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका कृषि शाखाले वितरण गरेको धानको बीउबाट बिभिन्न किसीमका धान फलेपछि बैजनाथका किसानहरु चिन्तामा परेका छन् । बैजनाथ गाउँपालिका वडा न ६ स्थित एच गाउँ, लालपुर जस्ता क्षेत्रमा धेरै किसीमका धान उब्जे पछि किसानहरु समस्यामा परेका हुन् ।

अन्य क्षेत्र भन्दा राम्रो उत्पादन हुने धान यस वर्ष उत्पान न्यून हुने भए पछि किसान के गर्ने र कस्को सहयोग लिने भन्ने चिन्तामा रहेको स्थानीय किसान अमर बहादुर कटुवाल क्षेत्रीले बताए ।

डेढ विगा जमिनमा लगाएको धानले उत्पादन नदिदा आफुहरु अन्योलमा रहेको कटुवाल भने । अब स्थानीय सरकारले आवश्यक क्षति पुर्तिको व्यवस्थापन गर्नु पर्ने कटुवाल जस्ता धरै किसानहरुको माग रहेको छ । कटुवाल जस्तै करिब २ सय परिवारलाई उक्त धानको विउ वडा कार्यालय बाट सौलिएत रकम लिएर उपलब्ध गराएको थियो ।पहिलो पटक उपलब्ध गराएको धानको विउमा समस्या नआए पनि पछिल्लो पटक उपलब्ध गराएको धानको विउमा समस्या देखा परेको बैजनाथ गाउँपलिका वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेत स्काछन् । आवश्यक मर्कामा रहेका किसानहरुको तथ्याक लिई पालिका स्तरमा बुझाउने तयारी रहेको वडा अध्यक्ष बस्नेतले जानकारी गराए ।

कृषि शाखा अधिकृत लगाएतको प्राविधिक टोलिले किसानहरुको आवयश्य तथ्याकहरु संकलन गर्दै पालिका स्तरीय कृषि शाखामा उपलब्ध गराइएको कृषि अधिकृत विष्णुमाया मललले जानकारी गराईन् । उत्पादन बढ्ने आसमा अनुदानमा बीउ खरीद गरी धान लगाएका कृषकले एउटै खेतमा अनेकथरी धानका बाला लागेपछि आफुहरु ठगीएको महशुस गरेको छन् ।‘उन्नत जातको बीउ भन्दै गाउँपालिकाले आफूहरुलाई ठगेको ।’ लालपुरकी सिता हमालको बुझाइ छ । ‘उत्पादन राम्रो होला जीवनस्तर उकासीएला भनेर ल्याएको विउ तर धानका बाला लाग्ने समयमा अनेक थरी धानको बाला लागेपछि किसानहरु पीडित बनेका हुन् ।

परम्परागत खेतीगर्दै आएका कृषक उन्नत बीउ बीजनको प्रयोग गरी आधुनिक खेतीतर्फ अग्रसर हुन खोज्दा सरकारी निकायवाटै वितरण गरिएको धानको विउमा समस्या देखा परे पछि स्थानीय किसान समस्यामा परेका हुन् । बाली विमा बारे पनि थाह नभएको अमर बहादुर कटुवाल भन्छन् हामीले पशु विमा थाह पाएको छौ तर बालीको पनि विमा हुन्छ भन्ने थाह छैन । तर कृषि शाखाले समुमा आवद्ध रहेका किसानहरुलाइ बाली विमा बारे जानकारी गराइएको बताएको छ ।

तर एकाध किसानहरु लाई बालि विमा बारे जानकारी दिएका छैनौ कृषि अधिकृत विष्णुमाया मल्लले भनिन् । किसानलाई बाली विमा बारे समेत जानकारी नहुदा स्थानीय थप समस्या देखा परेको छ । ३ देखि १५ प्रकारका बीउ मिसावट भएको पाईएको अनुगमन गरी फर्केका बाँकेका खाद्य सुरक्षाको क्षेत्रमाकार्यरत संस्था फियान नेपालका क्षेत्रिय संयोजक सुरेश कुमार गौतमले खाद्य अधिकारको प्रत्याभूति स्थानीय सरकारले लिनु पर्ने बताउछन् । मिसावटयुक्त धानको विउले उत्पादनमा कमी आउनुका साथै सरकारप्रतिको विश्वसनियता घट्ने हुँदा सरकारले क्षति पुर्तिको लागिपहल गर्नुपर्ने गौतम भन्छन् ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech