१५ बैशाख २०८१, शनिबार

नौबस्ता औधोगिक क्षेत्रको निर्माण कार्य सुरु गर्न अझै अन्यौलता

संघिय सांसद महेश्वर गहतराज अथकले बाँकेको ड्रिम प्रोजेक्टका रुपमा रहेको नौवस्ता औधोगिक क्षेत्रमा पुर्वाधार निर्माणका काम सुरु गर्न आग्रह गरे ।

  • न्युज मानसराेवर

कोहलपुर ९बाँके०र नौबस्ता औधोगिक क्षेत्रको निर्माणको काम अबिलम्व सुरु गर्न सरोकारवालाहरु एक मत भएका छन ।

औधोगिक क्षेत्र निर्माणको टेण्डर प्रक्रिया सुरु गर्न रहेका अवरोधहरु हटाउनका लागि आईतवार कोहलपुरमा भएको सर्वपक्षिय छलफलमा सरोकार वाला निकाय एक मत भएका हुन । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतमा भएको छलफल पछि अवरोध हटाउनका लागि एक प्राबिधिक समिती गठन गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुवाङको अध्यक्षता गठित समितीले छिटै परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
औधोगिक क्षेत्रको डिपिआर गरेको क्षेत्र भित्र ६४ ओटा घरहरु रहेको भन्दै ति घरहरुलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्न प्राबिधिक समितीले तत्काल काम गर्ने प्रजिअ कुरुम्वाङले बताए ।

उनले ३ महिना भित्र बस्ती स्थानान्तरणको काम पुर्ण रुपमा सक्ने गरि आफ्नो नेतृत्वको समितीले काम गरि सक्ने बताए ।सर्बपक्षिय छलफल कार्यक्रममा बोल्दै संघिय सांसद एंव प्राकिृतीतक श्रोत साधन समितिकी सभापति पुर्ण सुबेदीले बस्ती स्थाथान्तरणको काम तत्काल सुरु गर्न आग्रह गरिन । उनले बस्ती स्थानान्तरण गर्दा न्यायोचित तरिकाले गरिनु पर्नेमा जोड दिईन । स्थानिय बासिन्दाले पनि औधोगिक क्षेत्र बनाउन सरकारलाई सघाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै संघिय सांसद महेश्वर गहतराज अथकले बाँकेको ड्रिम प्रोजेक्टका रुपमा रहेको नौवस्ता औधोगिक क्षेत्रमा पुर्वाधार निर्माणका काम सुरु गर्न आग्रह गरे ।

उनले डिपिआर गरिएको क्षेत्रमा भएका समस्या समाधान गर्न बाँके बासी एक जुट भएर लाग्नु पर्ने बताए । उनले बिभिन्न बहानामा औधोगिक क्षेत्र निर्माणको कम अन्यत्र सरिए बाँके र बर्दिया बासी एक भएर आन्दोलन गर्न पछि नपर्ने धारणा राखे । उनले सो क्षेत्रमा हाल रहेको ३ सय ३८ बिगाह क्षेत्र बढाएर १ हजार बिगाह पुर्याउन सकिने आधारहरु रहेको दाबि गरे ।
कार्यक्रमा संघिय सांसद नन्द लाल रोकायले औधोगिक क्षेत्र निर्माणका लागी बाँके बासी एक भएको भन्दै निर्माण पक्रिया सुरु गर्न माग गरे । कार्यक्रममा संबिधान सभा सदस्य दल बहादुर सुनार , बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ,नेकपाका नेताहरु अशोक कोईराला ,नरेन्द्र न्यौपाने , दिपक जिएम , घननाथ खनाल , चन्द्र चौधरी र उद्योगी कृष्ण श्रेष्ट लगायतले सरकारले औधोगिक क्षेत्र निर्माणको प्रक्रिया अबिलम्व सुरु गर्नु पर्ने भन्दै न्यायोचित तरिकाले बस्ती स्थानात्नरणका लागि आफुहरु सहयोग गर्न तत्पर रहेको धारण राखेका थिए ।

कार्यक्रममा औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडिका अध्यक्ष नन्द किसोर बस्नेतले नौवस्ता औधोगिक क्षेत्रका लागि ६० करोड बढी बजेट बिनियोजन भैईसकेको बताउँदै डिपीआर गरिएको क्षेत्र भित्र रहेका बस्तीका कारण टेण्डर पक्रिया हुन नसकेको बताएका थिए । उनले कार्तिक महिना भित्र सबै अवारोध हटाई सक्नु पर्ने बताएका थिए । उनले कार्तिक भित्र अवरोध नहटे सो बजेट अन्यत्र जान सक्ने र यस बर्ष पनि पुर्वाधार निर्माणको काम सुरु नहुने संकेत गरेका थिए । कार्यक्रममा उद्योग मन्त्रालयका सह सचिव बलराम रिजाल ,नेपाली काग्रेस बाँके अध्यक्ष किरण कोईराला लगायतको सहभागिता रहेको थियो । नयाँ कोर्स

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech