७ बैशाख २०८१, शुक्रबार

धारिलो हतियार प्रहार गरी बाबुको हत्या

अनिल बस्नेतले ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको धारिलो हतियारले आक्रमण गरी हत्या गरेका छन् ।

  • न्युज मानसराेवर

बाँके — गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली बाँझटोलका अनिल बस्नेतले ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको धारिलो हतियारले आक्रमण गरी हत्या गरेका छन् । आइतबार साँझ ७ बजेतिर मदिराले मातेर २५ वर्षीय अनिलले बाबुसँग झगडा भएपछि उनले घरेलु हतियारले आक्रमण गरेका थिए । दिलबहादुरको मुख र टाउकोमा चोट लागेर बेहोस भएपछि छिमेकीले उद्धारका लागि पाल्पा अस्पताल पुऱ्याएको र थप उपचारका लागि बुटवल लैजाँदै गर्दा राति नै बाटोमा मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए ।आक्रमणपछि बाबु भुइँमा ढलेपछि अनिल भागेका थिए । फरार अनिलको खोजीकार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको पन्तले बताए ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech