१२ बैशाख २०८१, बुधबार

सशस्त्र प्रहरीद्वारा लाखौंको कपडा बरामद

६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९० हजार ३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ ।

  • न्युज मानसराेवर

बाँके ।  भारतबाट अवैधरुपमा नेपालगञ्ज ल्याउँदै गरिएका लाखौं मुल्य बराबरका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको टोलीले बुधवार नेपालगञ्ज वडा नम्बर १५ पिपरा गाउँबाट कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई बरामद गरेको हो ।

बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९० हजार ३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ । त्यस्तै १४४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो ।

तस्करहरुले अटोरिक्सा र कपडा छाडेर भागेको सशस्त्र प्रहरीले बताएको छ । त्यस्तै सशस्त्र प्रहरीको कालाबञ्जर बिओपीले पनि राती २ बजे नेपालगञ्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ । बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको टोलीले भारतबाट ल्याउँदै गरिएका ६० हजार ९०० रुपैयाँ बराबरका ५० थान लेडिज सुट, ५२ थान लेडिज कुर्ती र ५१ थान पलाजु बरामद गरेको हो ।

दुबै टोलीसले बरामद गरिएको सबै सामानको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जनाएको छ । बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech