१३ बैशाख २०८१, बिहीबार

दाङकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिक १५ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

यही असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन राति ११ स् ४५ बजे भेरी अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमितका लागि गरिने सबै प्रकारको उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेजे जनाएको छ।

 

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech