कतिपय फुल त यसरी फुल्छन कि सबैको मन नै लोभ्याउछन । लाग्छ, टपक्क टिपेर कसैको हातमा राखिहालौ । टपक्क टिपेर कपालमा लगाइहाल्यौ या कसैको शिरैमा शिरफुल बनाएर सजाइदिउ। तर, मन लाग्दा लाग्दै नि फुल चुड्न धेरै मानिस हिचकिचाउँछन् । यतिबेला बाटो, बगैचा, घर, वरिपरी फूलहरु फुलेका छन । राता, सेता पहेंलो सबै फूलले प्रेमलाई गाढा बनाउँछ । अनि यो लकडाउनको समयलाई भुलाउने पनि गरेको छ।
अहिले लकडाउनका बेला धेरै मानिस घरमै हुँदा प्राकृतिक रुपमा फूलिरहेका फुल हेरेर पनि दिन काटिरहेका छन । कोहि फोटो खिच्न मा मख्ख छन् । घरमै बस्नु परेको र आफ्नो वरिपरी फुलको बोट नहुनेलाई औडाहा भएको हुन सक्छ ।तर, आफ्नो घर आगनमा फुल भएकाहरू त्यहि फुलमा रमाउँने मात्र होइन अहिले त फुलकै अँगालोमा टिकटक बनाउँने र प्रचार गर्ने गर्दै आएका छन् । फुल मन नपराउँनेको होला ।
यसैको प्रभाव होला कुनै समय उजाड रहेको नेपालगन्ज उपमहानगरपालिका परिसर अहिले हरियाली बनेको छ । उजाड नगरपालिकाको दुरदर्शा भन्दै विगतमा खिसिट्यूरी गर्नेहरु भने यतिबेला चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर उपमहानगरपालिकाले परिसरमा विभिन्नजातका फुल रोपेको छ ।
मेयर डाक्टर धवल शम्सेर राणाको निर्देशनमा कार्यालयमा परिसरमा फुल रोपेर यसलाई फुल बगैचामय बनाएपछि उतिबेलाको उजाड नगरपालिका अहिले हरियाली उपमहानगरपालिकामा परिणत भएका हो ।
उपमहानगरपालिकाको सानो क्षेत्रफलमा लगाइएको फुल यतिबेला आकर्षण बढ्दै गएको छ । यतिबेला उपमहानगरपालिकामा जाने जोकोही त्यहि फुल बगैचा छेउमा यभिएर सेल्फी खिच्न समेत पछि पर्दैनन् । उपमहानगर हातामा रोपिएको उक्त फुलको स्यारसुसार मेयर आफैले गर्दै आएका छन् । फुल बगैचाप्रतिको मेयरको माया, ममता र मोह देखेर यहाँका कर्मचारी पनि बेलाबखतमा ती फुलको स्यारमा जुटदै आएको कर्मचारी बताउँछन् ।
मेयर राणाको फुल प्रेम देखेर नेपालगन्जका सुशासनविज्ञ मीनबहादुर मल्लले समेत सामाजिक सञ्जाल फेसकुबकमा समेत उनको तारिफ र फुलमा देखिएको सौन्दर्यकरणको चर्चा गरेका छन् । फूल जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । कतिपय फुल फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण हुन्छन ।
सुशासन विज्ञ मल्लको फेसबुक स्टार्टसमा बाँकेका पत्रकार विश्व चौधरीले कर्मेन्टमा लेखेका छन ‘मेयर सावको उदाहरणिय काम । काम गर्दैमा कद घट्ने होइन बरु एक इन्च बढ्छ । एक दिनमात्र होइन हरेक दिन यस्तै उदाहरणिय काम गरेको देख्न पाइसोस, शुभकामना ।’