१३ बैशाख २०८१, बिहीबार

मेयर डाक्टर धवलको ‘फुलबगैचा’ मोह

मेयर डाक्टर धवल शम्सेर राणाको निर्देशनमा कार्यालयमा परिसरमा फुल रोपेर यसलाई फुल बगैचामय बनाएपछि उतिबेलाको उजाड नगरपालिका अहिले हरियाली उपमहानगरपालिकामा परिणत भएका हो ।

  • न्युज मानसराेवर

कतिपय फुल त यसरी फुल्छन कि सबैको मन नै लोभ्याउछन । लाग्छ, टपक्क टिपेर कसैको हातमा राखिहालौ । टपक्क टिपेर कपालमा लगाइहाल्यौ या कसैको शिरैमा शिरफुल बनाएर सजाइदिउ। तर, मन लाग्दा लाग्दै नि फुल चुड्न धेरै मानिस हिचकिचाउँछन् । यतिबेला बाटो, बगैचा, घर, वरिपरी फूलहरु फुलेका छन । राता, सेता पहेंलो सबै फूलले प्रेमलाई गाढा बनाउँछ । अनि यो लकडाउनको समयलाई भुलाउने पनि गरेको छ।

अहिले लकडाउनका बेला धेरै मानिस घरमै हुँदा प्राकृतिक रुपमा फूलिरहेका फुल हेरेर पनि दिन काटिरहेका छन । कोहि फोटो खिच्न मा मख्ख छन् । घरमै बस्नु परेको र आफ्नो वरिपरी फुलको बोट नहुनेलाई औडाहा भएको हुन सक्छ ।तर, आफ्नो घर आगनमा फुल भएकाहरू त्यहि फुलमा रमाउँने मात्र होइन अहिले त फुलकै अँगालोमा टिकटक बनाउँने र प्रचार गर्ने गर्दै आएका छन् । फुल मन नपराउँनेको होला ।

यसैको प्रभाव होला कुनै समय उजाड रहेको नेपालगन्ज उपमहानगरपालिका परिसर अहिले हरियाली बनेको छ । उजाड नगरपालिकाको दुरदर्शा भन्दै विगतमा खिसिट्यूरी गर्नेहरु भने यतिबेला चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर उपमहानगरपालिकाले परिसरमा विभिन्नजातका फुल रोपेको छ ।

मेयर डाक्टर धवल शम्सेर राणाको निर्देशनमा कार्यालयमा परिसरमा फुल रोपेर यसलाई फुल बगैचामय बनाएपछि उतिबेलाको उजाड नगरपालिका अहिले हरियाली उपमहानगरपालिकामा परिणत भएका हो ।

उपमहानगरपालिकाको सानो क्षेत्रफलमा लगाइएको फुल यतिबेला आकर्षण बढ्दै गएको छ । यतिबेला उपमहानगरपालिकामा जाने जोकोही त्यहि फुल बगैचा छेउमा यभिएर सेल्फी खिच्न समेत पछि पर्दैनन् । उपमहानगर हातामा रोपिएको उक्त फुलको स्यारसुसार मेयर आफैले गर्दै आएका छन् । फुल बगैचाप्रतिको मेयरको माया, ममता र मोह देखेर यहाँका कर्मचारी पनि बेलाबखतमा ती फुलको स्यारमा जुटदै आएको  कर्मचारी बताउँछन् ।

मेयर राणाको फुल प्रेम देखेर नेपालगन्जका सुशासनविज्ञ मीनबहादुर मल्लले समेत सामाजिक सञ्जाल फेसकुबकमा समेत उनको तारिफ र फुलमा देखिएको सौन्दर्यकरणको चर्चा गरेका छन् । फूल जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । कतिपय फुल फल खाँदा मीठो नभए पनि औषधि गुणले भरिपूर्ण हुन्छन ।

सुशासन विज्ञ मल्लको फेसबुक स्टार्टसमा बाँकेका पत्रकार विश्व चौधरीले कर्मेन्टमा लेखेका छन ‘मेयर सावको उदाहरणिय काम । काम गर्दैमा कद घट्ने होइन बरु एक इन्च बढ्छ । एक दिनमात्र होइन हरेक दिन यस्तै उदाहरणिय काम गरेको देख्न पाइसोस, शुभकामना ।’

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech