१५ बैशाख २०८१, शनिबार

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता जारी

बिहान १० :  ४० बजेदेखि दुवै पक्षबीच वार्ता सुरु भएको हो ।

  • न्युज मानसराेवर

काठमाडौँ — सरकारी वार्ता टोली र चिकित्सा क्षेत्रको सुधारको माग राखी अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच केही बेर अघिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको छ ।डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार शिक्षा मन्त्रालयमा दुवै टोलीबीच अहिले वार्ता चलिरहेको छ । बिहान १० :  ४० बजेदेखि दुवै पक्षबीच वार्ता सुरु भएको हो । सरकारी वार्ता टोलीसँग डाक्टर केसीका मागहरु राख्ने र अविलम्ब पूरा गर्न आग्रह गरिने डाक्टर केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

सरकारले डा। केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो । त्यसलगत्तै डा। केसी पक्षबाट पनि चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारी टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा.केसी अलायन्स’ का डा। जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।२५ दिनदेखि अनशनरत डाक्टर केसीले बुधबार राति कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए । उनले तीन करोड जनताको मागमाथि फेरि धोका नदिन पनि सरकारसँग आग्रह गरेका छन् । कान्तिपुर

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech