७ बैशाख २०८१, शुक्रबार

बाँकेमा शुक्रवार २४ जना कोरोना जितेर घर फर्के

निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको छ ।

  • न्युज मानसराेवर

बाँके,बैजनाथ ।  बाँकेमा थप २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष गरी २४ जना शुक्रवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेशनमा बाँकेका ५ सय ५ र अन्य जिल्लाका २० गरी ५ सय २५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ भने २३ जनाको मृत्युु भईसकेको छ ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech