७ बैशाख २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ताका लागि वडाले अर्को विवाह नगरेको प्रमाण मागेपछि…

नेपालगञ्ज उपमहानगर वडा नं. १ ले एकल महिलाको सामाजिक सुरक्षा भत्ताको लागि अर्को बिवाह न भएको प्रमाण ल्याउन भनेपछि त्यसको बिरुद्ध ज्ञापन बुझाएका हुन ।

  • न्युज मानसराेवर

बाँके।  एकल महिलाको सामाजिक सुरक्षा भत्ताको लागि अको विबाह नभएको प्रमाण मागेपछि नेपालगञ्ज उपमहानगरमा ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझाइएको छ । द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेले नेपालगञ्ज उपमहानगर वडा नं. १ ले एकल महिलाको सामाजिक सुरक्षा भत्ताको लागि अर्को बिवाह न भएको प्रमाण ल्याउन भनेपछि त्यसको बिरुद्ध ज्ञापन बुझाएका हुन ।

पछिल्लो समयमा नेपालगञ्ज उपमहानगरपालिका–१ ले सामाजिक सुरक्षा भत्ता अन्र्तगत विधवा भत्ताका लागि आवेदन दिएका र आवेदन दिने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, सामाजिक सुरक्षा भत्ता निवेदन पेश गर्दा अनिवार्य पेश गर्नको लागि भनिएपछि आफुहरुको ध्यान आकर्षण भएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका अध्यक्ष जयन्ती खत्रीले बताईन ।

उपमहानगरको यस कार्य प्रति सम्पूर्ण एकल महिलाहरु मर्माहित भएको र उनीहरुको आत्मसम्मानमा पनि गहिरो चोट पुगेकोले आफुहरु उपमहानगरको ध्यानाकर्षण गराउदै नगरप्रमुख डा। धवल शम्सेर राणालाई ज्ञापन पत्र बुझाएको द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेकी संस्थापक अध्यक्ष शोभा विसीले बताईन ।

उनले सो ब्यवस्थालाई खारेज गरि सामाजिक सुरक्षा ऐन एकल महिला मैत्री बनाउने गरी कार्यबिधी बनाउन आग्रह गरिन । उनीहरुको ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख राणाले आफुले सहयोग गर्ने बताए । सदरलाइन

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech