१६ चैत्र २०८०, शुक्रबार

बैजनाथको ऐतिहासिक विशेष गाउँ सभा सम्पन्न

विशेष गाउँसभा बाट बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारित । विशेष सभा आफ्नै सभा हल रामपुरमा सम्पन ।

  • रबि रोकाया

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन बिशेष गाउँसभाले पारित गरेको छ ।       

बैजनाथ गाउँपालिकाको यो विशेष गाउँ सभालाई   महत्वपूर्ण रुपमा  लिएको छ ‘ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले  भने  ।

लामो समय पश्चात आफ्नै भवनमा विशेष गाउँ सभा बाट बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारित भएको छ अब पालिकाको प्रशासनिक कार्यालयहरु निमार्ण कार्यलाई तिब्र गति दिने आधार बनेको छ  यो  ऐतिहासिक क्षण हो हाम्रा लागि रुचालले भने ।

रुचालले स्थानीय सरकार सञ्चालनलाई सहज बनाउन वतावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ ल्याईएको जानकारी दिए ।

बैजनाथ गाँउपालिका भवन निर्माण गर्दा सामुदायिक बन क्षेत्र बिनास गरेको आरोप लागिरहेका बेला वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन ल्याईएको हो ।

सो ऐनले पालिकालाई काम गर्न सहज बनाउने अपेक्षा  लिएको छ  । ऐन पारितसंगै बन तथा बातावरण संरक्षण,फोरहमैला व्यवस्थापन र नदिजन्य पदार्थ उत्खनन् र संरक्षण लगायतका सबै बिषयहरु समावेश गरिएको गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी गराईन् ।

बिशेष गाउसभाको उद्ध्घाटन गर्दै नेकापा बाँकेका अध्यक्ष एंव लुम्बिनी प्रदेश सभासदस्य आईपी खरेलले परिवर्तन ल्यायो भन्छौ तर कर्मचारी तन्त्रले काम गर्न दिदैनन्  उनीहरु ऐन निमार्ण नहुदा  हावि भएको बताए । खरेलले  कर्मचारी तन्त्रलाई नियन्त्रण गर्ने विधि भनेको ऐन कानुन निमार्ण नै हो ।

सबैले यो बुझ्न आवश्यक छ अहिले व्यवस्था परिवर्तन भए पनि उचित कानून निमार्ण नहुदा कामहरु कार्यान्वयमा ढिला हुने गरकोआफ्नो अनुभव सुनाए ।  उनले स्थानिय सरकारले संघ र प्रदेशसंग नबाझिने गरि कानुन निर्माणलाई पुर्णता दिन आवश्यक रहेको बताए ।

खरेलले कानुन निर्माणले पूर्णता पाए पछि जनाताले अनुभुत गर्न पाउने गरी बिकास र निर्माणका लहर सुरु हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संबिधान सभा सदस्य दल  बहादुर सुनारले प्रदेश सभाकाले ५ नं प्रदेशलाई लुम्बिनी प्रदेश र राजधानी राप्ती उपत्यका तय गरेकोमा प्रदेश सरकार र प्रदेश सभालाई गाउँ सभा बाट धन्यवाद पारित गराए उनले भने । जनताको सरकार हुन अझै धेरै कानून निमार्ण गर्न आवश्यक छ त्यो अब स्थानीय सरकारले छिटो भन्दा छिटो गर्न जरुरी छ सुनारले भने ।

विशेष गाउँसभामा  वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक सगिता सुनारको आज्ञाले सदस्य सचिव तथा सूचना अधिकारी तप्त राज आचार्यले प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ राखिएका व्यवस्थाबारे सभालाई जानकारी गराएका थिए ।

ऐन थप अझै सशक्त रुपमा ल्याउन आवश्यक नाराण थारु
वडा न ५ का वडा सदस्य नाराण थारुले प्राकृतिक श्रोत संरक्षण ऐन २०७७  मा  राखिएका व्यवस्था बारे थप शसक्त हुन आवश्यक रहेका बताए । थारुले ऐनमा ढल निकास बारे थप व्याख्या तथा कानूनी दण्डको व्यवस्था राख्नु पर्ने शुन्य समयमा सभामा बोलेका थिए ।

विशेष सभाले राजश्वका थप दर र दायरा र राजश्व सम्बन्धी  थप निर्णय पारित गरेको छ । 

राजश्व परामर्श समिति संयोजक शारदा रेग्मी विकले राजश्वका थप दर र दायरा र राजश्य सम्बन्धी थप निर्णय आवश्य रहेको बताउदै  राजश्व परामर्श समितिले अनुमोदन गरेका  निर्णहरु  विशेष सभाले  पारित गरेको छ ।  राजश्व परामर्श समितिले   प्रन्ध लाख सम्म पुंजी प्रमाणि भएका पोल्टी फर्मको सिफारिस दर्र्ता शुल्क दश हजार र बार्षिक कर पाँच हजार कायम गरिएको छ भने प्रन्ध लाख भन्दा माथीका पोल्टी फार्म हरुका लागि सिफारिस शुल्क दर्ता तिस हजार र बार्षिक कर रकम विस हजार कायम गरिएको छ भने अबका दिन बाट अन्य सिफारिस दस्तुर दुइ सय ५० रुपैया कायम गरिएको छ ।

यसै गरी सार्वजनिक क्षेत्रको उपयोग गरे बापत प्रचलित दरमा उपयोकर्ताले कबुल गरेको क्षेत्रफलको आधारमा चार किल्ला खोलि बहाल बिटौरी कर लिने र मुल सडक देखि ३४ मि भन्दा बढी भएको जग्गा लाई खेति योग्य जग्गा मानि राजश्वको दर र दायरा कायम गर्ने सभा बाट पारित गरिएको  हो ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech