७ जेष्ठ २०८१, सोमबार

नरैनापुरको विकासमा राज्यले सयुक्त बस्तिको विशेष नीति ल्याउन आवश्यक छ -प्रमुख प्रशासकिय अधिकृत शाही

यहाँ मित्रराष्ट्र भारतसंग सिमाना नजिकै रहेको छ भने यातायात र बत्ती नहुँदा यहाँका नागरिक धेरै कष्टयोग्य जीवन विताउन बाध्य थिए ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । नरैनापुर गाउँपालिका बाँकेका अन्य नगर र गाउँपालिका भन्दा पछाडी परेको गाउँपालिकाको रुपमा मानिसहरुको मानस पटलमा एकप्रकार छाप परेको गाउँपालिकाको रुपमा परिचित छ । यहाँ मित्रराष्ट्र भारतसंग सिमाना नजिकै रहेको छ भने यातायात र बत्ती नहुँदा यहाँका नागरिक धेरै कष्टयोग्य जीवन विताउन बाध्य थिए । पहिला  मित्र राष्ट्र सग गास,कपास मात्र नभएर शिक्षा स्वास्थ्य ,विवाह जस्ता कार्यहरु समेत त्यहींको सामिपियता हुने गरेको थियो । हाल  नरैनापुर (बगौडा) क्षेत्रमा  बाटो र बत्ति पुगेको अवस्था छ तर सबै क्षेत्रमा विस्तार भएको छैन अझै धरै टोलहरु अन्धकार छन् क्रमिक रुपमा यहाको विकास हुने क्रम भने रोकिएको छनै नेपालको सविधान २०७२ले प्रत्यभूति गरेको अधिकार हाल आफ्नै स्थानीय सरकार संग रहेको छ  । हाल  नरैनापुर (बगौडा) क्षेत्र  नेपालगञ्ज संग जोडिन पुगेको छ ।  यहाँ स्थित नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्घ शाही संग न्यूज मानसरोबरका लागि गरेको कुराकानीका केही अंश 
नमस्कार सर
नमस्कार
आराम हुनुहुन्छ ?
हजुर यहालाई ।
हजुर ठिक छ ।
के छ खबर ?
ठिक छ ।
केही कुराहरु राखौ म ?
लौन राखौँ राखौ ।
हाँसो ……..
हाँसो………
सर यहाँको बिचारमा विकास भनेको के हो जस्तो लाग्छ ?
यो शब्द आफैमा महत्वपूर्ण छ । विकासलाई हामीले कुन रुपमा हेर्न चाहेकका छौ । त्यो महत्व रहन्छ ।  हामीले त सबै भन्दा पहिला  तपाई हाम्रो  नजर वा दृष्टिले देखिएका विकास बाटा, पूर्वाधार, पानी बत्ति जस्ता विकास लाई विकास भन्ने गरेका छौँ । तर सबै भन्दा पहिला सामाजिक विकास तथा आर्थिक र चेतनाको विकास लाई महत्वका साथ अगाडी बढाउन जरुरी मान्छु । मेरो नजरमा विकासको मापन गर्न सजिलो छैन किन की समय अनुसार विकासका मल्य, मान्यताहरु, परिमार्जन भइरहेका हुन्छन् । समयको माग र आवश्यता लाई मध्यनजर गर्दै विकासको आधार तय हुन जरुरी छ ।समग्रमा विकास एउटा कल्पना हो त्यो कल्पना तपाईले लागु गर्न सक्नु हुन्छ की हुदैन त्यो महत्व रहन्छ अरु त सबै गण लाग्छ व्यक्तिको नजरमा हेर्ने हो भने तर विकास आजको लागि मात्र नभए ५० औ वर्ष सम्म लागु हुने र सबैले मान्ने  आधारको  तय हुनु नै विकास हो जस्तो लाग्छ ।

यहाँ अहिले नरैनापुर गाउँपलिकामा प्रमुख भएर आउनु भएको छ । यहाँको नजरमा नरैनापुरको विकासको अवस्था कस्तोे महशुस गर्नु भएको छ ?
महत्वपूर्ण प्रश्न गर्नु भयो यहाँले हाम्रो संरचना नयाँ छ । नेपालको संविधानले (३)तिन तहको सरकार बनाएको छ । हामी कर्मचारी हौँ हाम्रो काम कर्तव्य र अधिकार एक प्रकारको छ भने हाल निर्वाचित हुनेको एक प्रकारको छ । दुवै मिलेर संयोजनमा विकासका कामलाई अगाडी बढाउने हो । नीतिगत रुपमा हामीले ऐन कानून परिपालना गर्ने हो तर स्थानीय सरकारका कामहरु कहिले कहीँ नीतिगत भन्दा पनि फरक तरिकाले हुने गरेका वेला बखत समाचार र अन्य माध्यम बाट बाह्रि आउने गरेका छन् । हाम्रो कामहरु निर्वाचित पदाधिकारी ज्यूहरुले निमार्ण गरेका ऐन नियमावलीहरुलाई पालना गर्न तर्फ केन्द्रित हुने नै हो व्यक्तिगत रुपमा भन्ने हो नरैनापुर गाउँपालिकाको विकास सुस्त छ तर निराशा छैन आज बाटो र विजुली पाएको छ नरैनापुरले ।तर खाने पानीको समस्या छ बोर्डर नजिकै छ स्वास्थ , शिक्षा नागरिकको सुरक्षामा लगाएत चेतनाको विकास हुन आवश्यक छ त्यो समयअनुकूल हुने विश्वास लिएको छु। म आफै २०६९ सालमा प्रशासन मा सरुवा भएर यहाँ आएको थिए त्यो बेलाका विकास र अहिलेको विकासमा धरै अन्तर भएका छन् समग्रमा क्रमिक रुपमा विकास हुदै छ । अब सामाजिक, आर्थिक ,चेतनाको विकास हुन आवश्यक छ र त्यो महत्वपूर्ण छ । राज्यले नै यो बगौडा क्षेत्र र पिछडीएको घोषणा गरेको छ । तर राज्यको घोषणा अनुसार पिछडीएको क्षेलाई उपलब्ध हुने सेवाहरु विस्तार गरेको छैन । उत्पान केही छैन अब राजश्वको हकमा जमिनको कर नै हो ।

नरैनापुरको विकासमा अब विस्तार गर्न कुन कुन कुराहरु बाँकी छन् जस्तो लाग्छ यहाँलाई ?
सबै भन्दा पहिला त चेतनाको विकास हुन आवश्यक छ र स्वच्छ खाने पानी स्वास्थ्य उपलब्धता व्यवस्थापन गर्नु पर्ने छ । शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने देखिन्छ । विद्यालयहरुमा गुणस्तर ल्याएर यहाँका बालबच्चाहरु छिमेकी मित्र राष्ट्र जानु नपरोस् भन्ने हो । साथै यहाँका प्राकृतिक खोलाहरु बाट प्राप्त हुने बालुवा गिट्टीहरुको बजारीकरण र नीतिगत रुपमा राजश्व बाँडफाँड छिटो भन्दा छिटो गर्न र समयमा नै टेन्डर प्रक्रिया गर्न प्रदेश सरकारले अनुमति दियोस । अनि राजश्व मात्र पनि केही हद् सम्म बढ्ने अपेक्षा लिएका छाँै । नरैनापुर क्षेत्रको विकास गर्न र आर्थिक विकासलाई टेवा पुग्ने र उत्पादन संग बढी जोडिएर कार्यक्रमहरु ल्याउन र कार्यान्वय लाई जोड दिन जरुरी छ । सबै भन्दा पहिला चेतना नै महत्वपूर्ण छ यहाँका जनता नेपालगञ्ज संग भन्दा बरु बोर्डर पारी नजिक छन् किन की यहाँ पहिला बाटो थिएन, र बस्ति विस्तारमा राज्यले मिक्स बस्तिको परिकल्पना लिनसकेको थिएन भने अब जरुरी देखिन्छ । अनि मुख्य समस्याहरु रुपमा  राप्ती नदिको कटानका कारण मानिसको धनजन क्षर्ती प्रमुख समस्या हुन् । प्राविधि र प्रविधिको विकासमा पहुच बृद्धि गर्न जरुरी रहेको छ भने मानिसहरुका आनी बानीमा परिवर्तन ल्याउने खालका क्रियाकलाप हरु बृह्त रुपमा संचालन गर्न आवश्यक देखेको छु । यहाँ बढी मात्रामा राप्तीले जमिन  कटान गरेको छ यसलाई नियन्त्रणका उपायहरु अबिलम्ब गर्नु पर्ने छ ।यसलाई नियन्त्रण नगरेको खण्डमा  बर्षेनी १००  घर परिवार प्रभावित हुने गरेका छन् पहिला जमिनदार हाल अहिले भूमिहिन भएका छन् ।  करिब   १०० परिवार भन्दा माथी अव्यवस्थित बसोबास बर्षेनी बृद्धि हुने गरेको छ त्यसलाई नियन्त्रण गर्न जरुरी छ । सबैको साथ र विकासका क्रियाकलापहरुलाई आत्मसाथ  गरेमा सबै कुराहरु गौण हुन्छन् अब हेरौ सबैको साथ र विकासलाई आत्मा साथ गर्ने जनशक्ति आवश्यक छ त्यो क्रमिक रुपमा बृद्धि भएको पनि छ पहिला यहाँका मानिसहरुको त्यो सोच पनि थिएन तर हुदै छ हामी आशा बादी हुनु पर्छ ।

राज्यले सयुक्त मिक्स बस्तिको परिकल्पना किन गर्न आवश्यक छ यहाँ ?
सबै भन्दा पहिला त यस गाउँपालिकामा करिब ६० देखि ७० प्रतिशत मुस्लिम हुनुहुन्छ र बाँकी यादब र अन्य न्यून समुदायको बसोबास रहेको छ । नेपालगञ्ज हेर्नुहोस् सबै जातिहरुको प्रतिनिधित्व छ र विकास भएको छ । हो अहिले सुकुमबासी आयोग बनेको छ । आयोगको प्रतिवेदमा करिब १४ लाख भूमिहिन नेपाली नागरिकहरुको बसोकास रहेको छ यस्ता भूमिहिनहरु वन नजिक ,बाटो किनारमा बसेका छन भने कोही मुख्य बजारहरुमा बसोबास गरिरहेका छन् । अब यस्ता करिब १४ लाख सुकुमबासी हरुलाई राज्यले यहाँ बगौडा स्थित समुदायमा जमिन उपलब्ध गराई सबै जातिहरुको संगोलको बस्ति बसालेको खण्डमा चेतनाको विकास तिब्र हुने छ र यहाँको विकास बाँके जिल्लाको नमुना गाउँपालिकाको रुपमा विकास हुने छ भन्ने मेरो व्यक्तिगत विचार र विश्वास छ ।

नरैनापुरको आर्थिक वर्ष ०७७।०७८ को कुल बजेट कति रहेको छ ?
आर्थिक वर्ष २०७७।७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३ सय ६० रुपैयाँको बजेट रहेको छ । जसमा पूर्वाधार विकासमा सशर्त बाहेक ४ करोड माथी रहेका छ भने विविध अनुदान अन्तर्गत गौशाला निर्माणका लागि ७ करोड, गाउँपालिका भवन निर्माणमा ४ करोड, सशर्त बाहेक शिक्षामा २ करोड १ लाख, स्वास्थ्यमा १ करोड ७४ लाख, कृषि तथा पशुमा १ करोड, विपत् व्यवस्थापनमा १ करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, र प्रदेश ५ सरकारबाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रही आर्थिक वर्ष २०७७।७८ को बजेट रहेकोे छ ।

त्यस्तै कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा काम गरिने छ । गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्त तर्फ १७ करोड ६४ लाख र विशेष एवम् समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्त तर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवम् समपूरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला समन्वय समितिको विविध अनुदानतर्फ ११ करोड रुपैयाँ रहेकोछ।‘

अत्यमा केही भन्नु छ यहाँलाई
सबै भन्दा पहिला त यहाँको न्यूज मानसरोबर परिवारलाई धन्यवाद दिन चाहन्छु । यस बगौडा क्षेत्रमा आएर यो अवसर दिनु भयो हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech