११ बैशाख २०८१, मंगलवार

बच्चा नजन्मिएपछि डाक्टरकहाँ सल्लाह लिन गएका दम्पत्तीलाई डाक्टरले ‘मेरो अगाडी सम्पर्क गर्नुस्’ भनेपछि

प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जे ल र १० हजार रुपैयाँ सजाय सुनाएको छ ।

  • न्युज मानसराेवर

काठमाडौ । निसन्तान दम्पती सन्तान प्राप्तिका लागि जस्तो पनि कदम उठाउन तयार हुन्छन् । यही कमजोरीको फाइदा उठाउँदै भारतमा एक डाक्टरले आफ्नै अघि निसन्तान दम्पतिलाई सम्बन्ध राख्न लगाएका छन् । ती डाक्टरले सम्बन्ध राख्दा कहाँ कमजोरी हुन्छ त्यो आफुले हेर्ने भन्दै यस्तो गर्न लगाएका हुन् । तर पछि खुल्यो ती डाक्टर त नक्कली पो रहेछन् । त्यति मात्र होइन, उनी आफूलाई बाबा भन्दै यस्ता हरकत गर्दै हिड्दा रहेछन् ।

भारतीय सञ्चार माध्यम वेभ दुनियाँमा छापिएको समाचार अनुसार यो घटना मुम्बई ठाणेको हो । यस्तो हरकत गर्न लगाउने बाबाको नाम योगेश कुपेकर भएको बताइन्छ । बाबाले यस्तै अनौठा कुरा गरेर यो दम्पतिलाई दुई बर्षदेखि झुलाइ रहेका थिए ।

तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइनन् भन्ने पछि थाहा पाए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि सम्बन्ध राख्नु । उनले आफ्नो अगाडि सम्बन्ध राख्दा गर्भवती हुने बताएका थिए । उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए ।

कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई शंका लाग्न थाल्यो । महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जे ल र १० हजार रुपैयाँ सजाय सुनाएको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech