८ बैशाख २०८१, शनिबार

घूससहित प्रहरी हवल्दार पक्राउ

१३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

  • न्युज मानसराेवर

नेपालगन्ज — बाँकेमा प्रहरीका हवल्दार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।काठ स्थानान्तरणमा सहजिकरण लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पाण्डेले बताए ।

 

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech