६ बैशाख २०८१, बिहीबार

व्यवसायी आन्दाेलित

नेपालगन्ज शहरमा चल्ने सार्वजनिक सवारी साधान व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगन्ज बसपार्क रोडका व्यवसायीहरू आन्दोलित भएका छन् । नेपालगन्ज शहरमा चल्ने सार्वजनिक सवारी साधान व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

सो क्रममा व्यवसायीहरूले बुधबार नेपालगन्ज उपमहानगरपालिका गेटमा धर्ना दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय मार्फत व्यवस्थापनका लागि असोज २२ गते बुझाएको ज्ञापनपत्रका बिषयमा सुनुवाइ नभएको बिरोधमा उनीहरूले बुधबार उपमहानगरपालिका गेटमा धर्ना दिएको बताएका छन् ।

उनीहरूले नेपालगन्ज शहरभित्र ११ वटा बिषयमा सधार गरेर सबैलाई बाँच्न पाउने अधिकार पुर्तिका लागि पहल थाल्न बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उधोग वाँणिज्य संघलाई अनुरोध गरेका थिए ।

बुधबार धर्नाका क्रममा बोल्दै ट्रेड युनियन महासंघ ९टुकोन० लुम्बिनी प्रदेश सभापति प्रेम बहादुर खत्रीले सवारीसाधन तोकिएको ठाउँभन्दा फरक ठाउँबाट संचालन भईरहेकोले कार्य व्यवस्थापन हुन नसक्दा बसपार्क रोडका व्यवसायीहरूेको व्यवसाय समस्यामा परेकाले निश्चित ठाउँबाट मात्रै संचालन हुनुपर्ने बताउनुभयो ।

त्यस्तै जमुनाहा नाकामा संचालन भईरहेको हाल्डिङ सेन्टर तत्काल बन्द गर्नुपर्ने नभए होल्डिङ सेन्टरबाट छुट्ने सवारीसाधन बसपार्क जानुपर्ने वा यात्रुहरूको गन्तव्यसम्म नै जानुपर्ने, पहुँच वा ठुला व्यवसायीको सवारीसाधन जुनसुकै स्थानबाट संचालन हुन पाउने कार्य बन्द हुनुपर्ने, जमुनाहा चौकी क्षेत्रमा हुने गरेको बिकृतिलाई बन्द गर्नुपर्ने, कुनै पनि सवारीसाधनले सुरक्षाका मापदण्ड पुरा नगरेकोले सबैले पूरा गर्नुपर्ने व्यवसायीको माग छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech