१६ चैत्र २०८०, शुक्रबार

सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागे तुरुन्त जानकारी दिन भूमि मन्त्रालयको अनुरोध
  • न्युज मानसराेवर

काठमाडौं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासी आयोगका नाममा कसैले पैसा मागेमा मन्त्रालयमा खबर गर्न आग्रह गरेको छ। केहि दिन अघि पोखरामा नक्कली सुकुम्बासी आयोगका नाममा रकम संकलन गरेको कुरा सार्वजनिक भएपछि मन्त्रालयले त्यस्ता गैर कानूनी काममा नफस्न र सचेत रहन सर्वसाधारणलाइ आग्रह गरेको छ।

भूमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला स्तरीय समिति गठन भएपछि स्थानीय तहमार्फत सूचना प्रकाशित गरेर मात्रै जग्गा वितरण सम्बन्धि प्रक्रिया सुरु हुने भन्दै अहिले कसैले जग्गा मिलाई दिन्छु भनेर पैसा मागेमा तुरुन्त मन्त्रालयमा वा प्रहरी कार्यालयमा खबर गर्न पनि आग्रह गरिएको छ।

अव्यवस्थित बसोबासीको हकमा जग्गा धनी पूर्जा लिदा निश्चिक रकम राजस्व बुझाउनु पर्ने भएपनि अन्य भूमिहिन सुकुम्बासीले जग्गा प्राप्तीको लागि कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने पनि मन्त्रालयले सप्ष्ट पारेको छ। यसरि गैर कानूनी रुपमा कसैले जग्गा मिलाइदिने भन्दै रकम मागेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, भूमि सम्बन्धि समस्या समाधान आयोगको कार्यालय र आफ्नो स्थानीय तहमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

 

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech