११ श्रावण २०८१, शुक्रबार

कोहलपुरमा आज थपिए फेरी २० जना संक्रमित
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा आज  २० जना कोरना संक्रमित थपिएका छन। थपिएका संक्रमित मध्य ११ जना पुरुष र ९ जना महिला छन । यसै गरी आज १२ जना संक्रमण मुक्त भएका छन।  संक्रमण मुक्त मध्य ७ जना पुरुष र ५ जना महिला छन। पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित दर बृद्धि भइरहेको छ।’भने नगरपालिकाले संक्रमणलाई नियन्त्रण गर्नाका लागि स्वास्थ्य मापदण्डको पालनामा जोड दिएको छ । आज थपिएका संक्रमितहरुको नतिजाको परिक्षण भेरी अस्पताल नेपालगञ्जमा १७ र ३ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन। अज थपिएको संख्या संगै कोहलपुरमा अब ८६ जना संक्रमित भएका छन । उनीहरु सबै होमआइसोलेसनमा छन ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech