१३ बैशाख २०८१, बिहीबार

८० लाखको स्वास्थ्य सामग्री इनरुडेक बाँके द्वारा भेरी अस्पताललाई हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके। इनरुडेक बाँकेले कोरोना तेस्रो लहरको पूर्वतयारीको लागि नेपालगन्जस्थित भेरी अस्पताललाई ८० लाख वरावरको अत्यावश्यकीय स्वास्थ सामग्री  हस्तान्तरण गरेको छ।  इनरुडेक बाँकेले अष्ट्रेलियन एड र आड्रा नेपालसँगको साझेदारीमा कोभिड १९ तेस्रो लहरको व्यवस्थापनको लागि रु. ८० लाख वरावरको अत्यावश्यकीय स्वास्थ सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रम अस्पताल  परिसरमा आयोजना गरिएको थियो।  हस्तान्तरण कार्यक्रममा  अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनीराम वली र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई लाई   इनरुडेक अध्यक्ष धर्मलाल रोकाया, आड्रा नेपालका टिम लिडर डा.घनश्याम भट्टले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech