१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय युवा संघले गर्यो सरोकारवाला संग अन्तर संवाद
  • सिता जैसी

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकामा स्थानीय युवाहरुको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

राष्ट्रिय युवा संघ बैजनाथ ३ वडा कमिटीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष  मान बहादुर रुचालले स्थानीय युवाहरु देश निमार्ण र सामाजिक रुपान्तरणका संवाहक  रहेको बताएका छन।

युवाहरुको क्रियाशिलताका लागि स्थानीय सरकारले नीतिगत रुपमा बजेट व्यवस्थापन गरेको जानकारी गराएका छन।’ रुचालले युवाहरुका लागि खेल मैदान निमार्ण कार्य लगाएत युवा उद्यमीशिलता तर्फ आवश्यक बजेट विनियोज मार्फत कामहरु संचालन गरिएको अन्तर संवाद कार्यक्रममा जानकारी गराएका हुन्।

अन्तर संवाद कार्यक्रममा लागु औषध तथा कूलतको बाटो छोडेर युवाहरु संगठित हुन आवश्यक रहेको सरोकारवालाहरुको जोड रहेको थियो ।

कार्यक्रममाबैजनाथ गाउँपालिका वडा न ३ का अध्यक्ष राम चरण थारु सदस्य पद्मा रोकाया कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा स्थानीय जनप्रतिनिधि ,स्थानीय बुद्धिजीविहरुको  सहभागिता रहेको थियो ।

अन्तर संवाद कार्यक्रममा राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका वडा न ३ का अध्यक्ष हेमराज जैसीले युवा शशत्तिकरण गर्नाका लागि स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गर्न आपश्यक रहेको बताएका थिए।कार्यक्रममा स्थानीय युवा तथा नेताहरुको सहभागिता रहेको थियो ।

 

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech