बैजनाथ । बैजनाथ गाउँपालिकामा न्यायिक समितिले७२.४ प्रतिशत मुद्दा फर्छाैट गरेकाे छ ।गाउँपालिका न्यायिक समितिले दिएकाे जानकारी अनुसार २०७७/७८मा २ सय २५ मुद्दा दर्ता भएका थिए।’भने १ सय ६३ वटा मुद्दा फर्छाैट गरेकाे हाे ।
गाउँपालिका कानुन शाखा प्रमुख शिला पाठकले दिएकाे जानकारी अनुसार २०७७/७८मा वडा न १ मा ५७,वडा न २मा ५१,वडा न ३मा १६ ,वडा न ४ मा ६ ,वडा न ५ मा २७, वडा न ७ मा ३९,र वडा न ८ मा २३ वटा गरी कूल २सय २५ मुद्दा दर्ता भएका थिए।
स्थानीय तहमा पछिल्लो समय न्यायिक समितिले खेलेकाे भुमिका महत्त्वपूर्ण देखिन्छ । ‘तर न्यायिक सम्पादनमा थप प्रभावकारी बनाउन हाल सम्म जिल्लामा कानुन अधिकृत राखिएको छैन । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले भनिन।
स्थानीय तहहरूमा उपाध्यक्ष लाई न्यायिक कार्य सम्पादनकाे जिम्मेवारी दिएकाे छ तर जिल्ला अदालत ,जिल्ला प्रशासन कार्यालय जस्ता निकाय विच प्रभावकारी समन्वय हुने गरेकाे छैन । यसै गरि स्थानीय स्तरमा न्यायिक समितिले गर्ने काम कर्तव्य बारे उचित प्रचार प्रसार हुन सकेकाे छैन ।