१२ श्रावण २०८१, शनिबार

 बैजनाथमा न्यायिक समितिले फर्छाैट गर्याे ७२प्रतिशत मुद्दा 
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ  गाउँपालिकामा न्यायिक समितिले७२.४ प्रतिशत मुद्दा  फर्छाैट गरेकाे छ ।गाउँपालिका न्यायिक समितिले दिएकाे जानकारी अनुसार  २०७७/७८मा  २ सय २५ मुद्दा दर्ता भएका थिए।’भने १ सय ६३ वटा मुद्दा  फर्छाैट गरेकाे हाे  ।

गाउँपालिका कानुन शाखा प्रमुख शिला पाठकले दिएकाे  जानकारी अनुसार २०७७/७८मा वडा न १ मा  ५७,वडा न २मा ५१,वडा न ३मा १६ ,वडा न ४ मा ६ ,वडा न ५ मा २७, वडा न ७ मा ३९,र वडा न ८ मा २३ वटा   गरी कूल २सय २५  मुद्दा दर्ता भएका थिए।

स्थानीय तहमा पछिल्लो समय  न्यायिक समितिले खेलेकाे  भुमिका महत्त्वपूर्ण   देखिन्छ । ‘तर न्यायिक सम्पादनमा थप प्रभावकारी बनाउन हाल सम्म जिल्लामा कानुन अधिकृत राखिएको छैन । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले भनिन।

स्थानीय तहहरूमा उपाध्यक्ष लाई न्यायिक कार्य सम्पादनकाे  जिम्मेवारी दिएकाे छ तर जिल्ला अदालत ,जिल्ला प्रशासन कार्यालय जस्ता निकाय विच प्रभावकारी  समन्वय हुने गरेकाे छैन । यसै गरि स्थानीय स्तरमा न्यायिक समितिले गर्ने काम कर्तव्य बारे उचित प्रचार प्रसार हुन सकेकाे छैन ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech