राजापुर (बर्दिया) : बर्दियालाई कार्य क्षेत्र बनाएका प्लान साझेदार संस्थाहरुद्वारा सञ्चालित कार्यक्रमको समीक्षासंगै भावी कार्यक्रमबारे जानकारी गराईएको छ । बर्दियाकोे राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने स्याक नेपाल बाँके लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन आयोजना गरिएको समन्वय बैठक सम्पन्न भएको छ ।
बर्दियामा स्याक नेपाल, बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा गरिने कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका थिए ।
स्याक नेपाल बाकेद्वारा प्लानको सहयोगमा सञ्चालन गरिएको सिकाई परियोजनाको वार्षिक समिक्षा तथा नयाँ आर्थिक वर्षको कार्यक्रम बारे बजेट सहितको विवरण प्रस्तुत गरिएको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।