३ आश्विन २०८१, बिहीबार

आज कोहलपुरमा एक सय ७ संक्रमित संख्या पुग्यो
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा दैनिक कोरना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो समय संक्रमित दर एक सय ७ पुगेको हो । संक्रमित सबै होमआइसोलेसनमा छन। आज मात्र ६ पुरुष र ८ महिला सहित १४ जनामा कोरना संक्रमण फेला परेको हो ।

कोहलपुर नगरपालिकाले संक्रमण दर बढ्दै गए कोभिड १९ अस्थायी अस्पताल संचालन गर्ने तयारी रहेको कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले भनेका छन। यसै गरी आज ५ पुरुष र ३ महिला सहित ८ जना कोरना संक्रमण मुक्त भएका छन। कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले आम नागरिकलाई समाजिक दुरीको पालना गर्न अपिल गरका छन।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech