कोहलपुर। कोहलपुर नगर क्षेत्रमा माक्स नलगाए एक सय रुपैया जरिवाना लगाईने भएको छ ।
पछिल्लो समय नगर भित्र कोरना संक्रमण दर बृद्धि भए सगै सरोकारवाला विच बृह्त छलफल बाट उक्त निर्णय गरिएको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।
खनालका अनुसार अब माक्स अभियान सगै हप्ताको ४ दिन पिसीआर र एन्टीजेन परिक्षण गरिनुका साथै सम्पर्क व्यक्तिहरुको समेत खोजि गरिने छ । यसै गरी निशुल्क रुपमा एम्बुलेन्सको सेवा विस्तार गरिने बताइएको छ।
सरोकारवाला विचको अन्तर संवादमा वडा स्तरीय कोरना रोकथाम तथा नियन्त्रण समिति संक्रिय बनाउने निर्णय गरिएको छ ।