१२ श्रावण २०८१, शनिबार

राप्ती सोनारीमा बाढीले पाँच घर भत्किए, सयौं घर डुुबानमा
  • न्युज मानसराेवर

बाँके। बाढीले राप्ती सोनारी गाउँपालिकाको बैजापुर क्षेत्रका पाँच घर भत्किएका छन् । सयौं घरमा पानी पस्नुका साथै सडकहरूमा आउजाउ बन्द भएको छ । इलाका प्रहरी कार्यालय बैजापुर, धामपुरका अनुसार वडा नं. ४, ४, ६ र ७ का चाँचाफर्का, चिलिया, राजपुर, बुद्ध चोक र लटकनियाका गाउँ डुबानमा परेका छन् ।

सई मुकुन्द सिग्देलले वडा न. ७ बुद्धचोकका गोली थारु, वडा न. ४ का कोटी मुकेरी, वडा न. ४ कै आशाराम थारु, राजपुरका सुमन दमै, चाँचाफर्काका प्रकाश गिरीका घर भत्किएको जनाए । उनका अनुसार तरुवा खोला, चिलरिया र मोरन्गवा खोलामा आएको बाढी गाउँमा पसेको हो ।

सडकमा बाढी पसेकाले सवारीसाधन ठप्प छन् । ४ नम्बर वडाध्यक्ष कान्छु थारुले धामपुरका पर्वती ओलीको गोठ भत्किएको प्रहरीलाई जानकारी दिएका छन् । ३ नम्बर वडाध्यक्ष गंगाराम चौधरीको घरमा बाढी पसेको छ । घरभित्रका समान सुरक्षित स्थानतर्फ सारिरहेको उनले बताए । ईकान्तिपुर बाट साभार

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech