१२ श्रावण २०८१, शनिबार

राप्तीनदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने
  • न्युज मानसराेवर

 (बाँके) :बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदी तटिय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ ।

राप्तीको समानान्तर वग्ने डुडुवा नालामा आएको बाढीले वस्ति र उर्वरखेती योग्य जमिन कटान गरिरहेपछि खतरा बढेको हो । डुडुवा नालाको बाढीले खासगरी खडैचा क्षेत्रमा तीब्र कटान गरेको छ ।

बाढी गाउँको नजिकै पुगेपछि त्यसक्षेत्रका स्थानीय जोखिममा परेका छन् । बाढीको कटान तीब्र बनेपछि कतिबेला गाउँनै बग्ने खतरा बढेको भन्दै स्थानीय चिन्तित छन् । यहाँका बासिन्दा, के खाने, कहाँ बस्ने भन्नेमा अन्यौलमा परेका छन् ।

बस्ति तीब्र कटान भइरहेकाले स्थानीय प्रहरी प्रशासनले बस्तिलाई जोखिम क्षेत्रबाट स्थानान्तरणको तयारी गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । डुडुवा नालाले पहिले बनाएको तटबन्ध समेत भत्काइरहेको छ । जस्का कारण स्थानीयबासीहरु थप त्रसित भएका छन् ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech