१२ श्रावण २०८१, शनिबार

प्रदीप नेपालले छाडे माधव नेपालको साथ
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’ नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech