१२ श्रावण २०८१, शनिबार

बाँकेमा कोरोना संक्रमण दर बढ्दै, सोमवार ३७ जना थपिए
  • न्युज मानसराेवर

बाँके। बाँकेमा सोमवार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १९५ नमुना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

तिमध्ये बाँकेका १९ जना छन् । ती अधिकांश कोहलपुर र नेपालगन्जका हुन् । यसअघि आइतवार एकजनामा मात्रै संक्रमण पुष्टि थियो । बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार ७ पुगेको छ ।

यस्तै सोमवार १८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३४ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ६ जना भेन्टिलेटरमा छन् । २६ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech