१२ श्रावण २०८१, शनिबार

बाँकेमा प्राविधिक अभिमुखिकरण शुरू
  • न्युज मानसराेवर

बाँके।बाँकेमा प्राविधिक अभिमुखिकरण कार्यक्रम संचालन गरिएकाे छ ।

दुई दिन सम्म उक्त प्राविधिक अभिमुखिकरण कार्यक्रम संचालन हुने छ ।

स्थानीय तहकाे आर्थिक सहयाेगमा हेफर प्राेजेक्ट नेपालकाे सहकार्यमा संचालित साना किसान सुढृढिकरण परियाेजनामा आवद्ध ३ जिल्लाका कर्मचारीलाई उक्त अभिमुखिकरण गरिने छ ।

उद्घाटन समारोहमा बाेल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचाल ठकुरीले आर्थिक रूपान्तर र सामाजिक रूपान्तरण परिवर्तन काे आधार परिकल्पना लाई साकार बनाउन परियाेजना संचालन गरिएको बताए ।

स्थानीय तहकाे परिवर्तन कृषि र पशुलाई यान्त्रिककरण गरि उद्यमी सृजनाका माध्यमले स्थानीय तहलाई सवलिकरण र मजबुत बनाउन सकिने रूचालले बताए ।

कार्यक्रममा हेफर प्राेजेक्ट नेपालका सह निर्देशक डाक्टर केशव शाहले स्थानीय तहका सपनाहरू साकार बनाउन पशुकाे उचित व्यवस्थापनमा प्राविक ज्ञानले महत्त्वपूर्ण भमिकाका बारेमा दुई दिन सहजिकरण गरिने बताए ।

कार्यक्रममा हेफर प्राेजक्ट नेपाल लुम्बिनी प्रदेश  कलस्टर प्रमुख प्रेम स्याम्यूले स्वागत मन्तव्य गरेका थिए ।

भिमुखिकरणमा परियाेजनामा आवद्ध बाँके ,दाङ ,प्यूठानका कर्मचारीरहरू सहभागी छन ।

उत्पिडित सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रवि राेकायाकाे अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियाे ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech