१२ श्रावण २०८१, शनिबार

२४ घण्टामा १ हजार २४ जनामा कोरोना पुष्टि, २ हजार १९५ संक्रमणमुक्त, ९ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ भने २ हजार १९५ संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ ।

हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

हालसम्म देशभर ३९ लाख ५२ हजार ९४२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २७४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८२६ जना रहेको छ ।

  • १९ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech