१२ श्रावण २०८१, शनिबार

बाँकेमा मंगलवार १५ संक्रमित थपिए, ४ डिस्चार्ज
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेमा मंगलवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९८ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती बैजनाथ र कोहलपुरका हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६१ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ५५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०७ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ५ जना भेन्टिलेटरमा छन् । २५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech