१२ श्रावण २०८१, शनिबार

नगरले संचालनमा ल्यायाे आधारभूत अस्पताल
  • न्युज मानसराेवर

काेहलपुर।काेहलपुर नगरपालिकाले आधारभूत अस्पताल संचालनमा ल्याएकाे छ ।


नगरपालिकाले वडा न २ मा उक्त आधारभूत अस्पताल संचालनमा ल्याएकाे हाे ।

काेहलपुर नगरपालिका मेयर (एल्बी)लुट बहादुर रावत उप मेयर सन्जु कुमारी थारूले संयुक्त रूपमा अस्पतालकाे बुधबार उद्घघाटन गरे।

उद्घघाटन कार्यक्रममा बाेल्दै प्रमुख अथिति काेहलपुर नगरपालिका मेयर (एल्बी) लुट बहादुर रावतले नागरिकहरूलाई आधारभूत उपचारका  सेवा विस्तारमा अस्पतालले उपलब्ध गराउने  सेवा महत्त्वपूर्ण हुने छ ।’अब नागरिकहरूकाे सेवामा मुस्कान सहित सेवा विस्तार गर्न पनि स्वास्थ्यकर्मीहरूलाई रावतले निर्देशन गरे ‘।

रावतले प्रचार प्रसारका माध्यम बाट  नागरिकहरूलाई आधारभूत अस्पतालका सेवा बारे सबैले जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।

यसै गरी काेहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टाेपेन्द बहादुर केसी ले स्वास्थ्य सेवा विस्तारमा सहज र प्रभावकारी रूपमा संचालन गर्न दक्ष जनशक्ति रहेकाे बताउदै नगर सभाकाे परिकल्पना अनुसार छिटै आधारभूत अस्पताल आफ्नै भवन बाट संचालन गर्नाकाे लागि आर्थिक वर्ष मा काम सम्पन्न गरिने बताए ।

नगरपालिकाले आधारभूत अस्पताल भाडामा संचालन गरिएको छ ।

आधारभूत अस्पताल बाट अब ७० प्रकारका औंषधी उपलब्ध हुने छ ।’काेहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले कार्यक्रममा  जानकारी गराए ‘।

काेरना संक्रमणकाे उच्च जाेखिम भएका कारण अस्पताल बृहत रूपमा संचालन नगरिएको बताईएकाे छ ।

आधारभूत अस्पताल समउद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य कर्मचारी लगाएकाे सहभागी रहेकाे
थियाे ।
कार्यक्रम काेहलपुर नगरपालिका वडा न २ का अध्यक्ष कर्ण सिह विसीकाे अध्यक्षतामा संचालन गरिएको थियोे ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech