काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए ।
मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रूपमा शर्माले ३ वर्षे कार्यकालका लागि बिहीवारैदेखि औपचारिकरूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्दैछन् ।