११ श्रावण २०८१, शुक्रबार

बाँकेमा शनिवार ११ संक्रमित थपिए, ११ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा शनिवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १६५ नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ३५ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५ जना छन् ।

यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ९७ पुगेको छ ।

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech