१२ श्रावण २०८१, शनिबार

बाँकेमा बाघले राजमार्गबाटै तानेर लगेका व्यक्तिको शव फेला
  • न्युज मानसराेवर

बाँके । बाँके  राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा आइतबार राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयले भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । बाघको निगरानी गर्न क्यामेरासमेत राखिएको थियो ।

ती व्यक्तिलाई बाघले निकुञ्ज क्षेत्रमै आक्रमण गरेको हो । उनको शव सोमबार बिहान फेला परेको छ । सुस्त मनस्थितिका ती व्यक्ति लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । उनलाई स्थानीयले चाचा भनेर बोलाउँथे । बाँकेमा हाल २१ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech