११ श्रावण २०८१, शुक्रबार

दुर्लभ वन्यजन्तुको सालकसहित बाँकेमा एकजना पक्राउ
  • न्युज मानसराेवर

बाँके। दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमवार एकजना पक्राउ परेका छन् ।

सालक भारत तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिए ।

बरामद गरिएको सालक र पक्राउ व्यक्तिलाई डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech