१२ श्रावण २०८१, शनिबार

७५ वर्षे कांग्रेसको यस्तो छ सांगठनिक यात्रा, कुन महाधिवेशनबाट कस्ता पदाधिकारी?
  • न्युज मानसराेवर

काठमाडौं- नेपाली कांग्रेसमा १४ ओं महाधिवेशनको सरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासँगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ।

नेपाली कांग्रेसले आफ्नो ७५ वर्षीय राजनीतिक इतिहासमा विभिन्‍न आरोह-अवरोहको सामना गरेको छ। निरंकुश राणा शाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको पहल भयो। राणाहरुको कोपभाजनमा परी प्रवासिन बाध्य बनाइएका र अध्ययनका लागि भारत पुगेका युवाको बाहुल्य रहेको पार्टीका संस्थापक बीपी कोइराला हुन्।

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (२००३ कात्तिक १५ गते बनारस)

सभापति : देवीप्रसाद सापकोटा

उपसभापति : बालचन्द्र शर्मा

प्रधानमन्त्री (महामन्त्री) : कृष्णप्रसाद उपाध्याय भट्टराई

प्रचारमन्त्री : गोपालप्रसाद उपाध्याय भट्टराई

त्यसको तीन महिनापछि कलकत्तामा सम्पन्‍न सम्मेलनबाट अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसलाई नेपाली राष्ट्रिय कांग्रेसब बनाइएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस  [ २००३ माघ १२ र १३ मा कलकत्ता, भवानीपुर]

सभापति  : टंकप्रसाद आचार्य

कार्यकारी सभापति :  विश्वेश्वरप्रसाद कोइराला

मन्त्री : बालचन्द्र शर्मा

प्रकाशन विभाग अध्यक्ष : डा. डिल्लीरमण रेग्मी

संगठन मन्त्री  : कृष्णप्रसाद उपाध्याय भट्टराई

प्रचार र संगठन : निमित्त सदस्य देवव्रत परियार

सदस्य  : डीएन प्रधान

सदस्य : गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य : लाक्पाछिरिङ शेर्पा

सदस्य : रुद्रप्रसाद गिरी

राष्ट्रि‍य कांग्रेसको आह्वानमा मुलुकमै पहिलो पटक विराटनगरमा मजदुरको संगठित आन्दोलन सुरु भयो। यस क्रममा बीपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा विकु र युवराज अधिकारी पक्राउ परे। उनीहरुलाई पहाडको बाटो हुँदै २२ दिन हिँडाएर काठमाडौंमा लगेर थुनियो। बीपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यवाहक अध्यक्ष भएका थिए।

जोगबनी सम्मेलन – २००३ चैत २७ र २८

कार्यवाहक अध्यक्ष : मातृकाप्रसाद कोइराला

महामन्त्री : कृष्णप्रसाद भट्टराई

भारत प्रवासमा रहँदा त्यहाँको सरकारले मातृकामाथि मुद्दा चलायो अनि डा. डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए।

बनारस सम्मेलन- २००४ साउन १, २ र ३

कार्यवाहक सभापति : डा. डिल्लीरमण रेग्मी

महामन्त्री : कृष्णप्रसाद भट्टराई

दोस्रो महाधिवेशन  २००४, बनारस [वैशाख २०, २१ र २२]

सभापतिको अनुपस्थितिका लागि कार्यवाहक बनाइएका डा. रेग्मीले बीपी रिहा भएपछि पनि पद छोड्न मानेन्। यही विषयलाई लिएर पार्टी विभाजन भयो।

तेस्रो महाधिवेशन – २००५ दरभंगा  [फागुन १८, १९, २०]

काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलनको घोषणा गरे। त्यस आन्दोलनलाई उर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान  व्यथितका साथ काठमाडौं आएका बीपी फेरि पक्राउ परे। यो घटनापछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बनाइए।

नेपाल प्रजातन्त्र कांग्रेस  [२००५ साल पुस १५ देखि १७]

सभापति  : महेन्द्रविक्रम शाह

महामन्त्री : सूर्यप्रसाद उपाध्याय

सहायक महामन्त्री  : प्रेमबहादुर कंसाकार

कोषाध्यक्ष  : राजेश्वरीप्रसाद उपाध्याय

सदस्य  : चन्द्रवीर सिंह

सदस्य  : महानन्द सापकोटा

सदस्य  : भीमभक्तमान सिंह

सदस्य  :   पूर्णसिंह खवास

सदस्य :   दिलबहादुर राई

सदस्य  : लक्ष्मीदत्त उपाध्याय

कार्यालय सचिव : बाबुलाल मोक्तान

कार्यालय सचिव  :सुन्दरराज चालिसे

सदस्यहरु

– सुवर्णशमशेर राणा

– महानन्द सापकोटा

– लक्ष्मीदत्त उपाध्याय

– भीमभक्तमानसिंह बस्नेत

राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाशाहीको अन्त्य गरी राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्ने नै थियो। फलस्वरुप २००६ सालमा यी दुई पार्टीबीच एकीकरण भयो र नेपाली कांग्रेसको स्थापना भयो।

चौथो महाधिवेशन- कलकत्ता [२००६, चैत्र २७, २८, २९]

सभापति : मातृकाप्रसाद कोइराला

महामन्त्री  : महेन्द्रविक्रम शाह

कोषाध्यक्ष  : सुवर्णसमशेर जबरा

सहमहामन्त्री  : कृष्णप्रसाद भट्टराई

सदस्य : विश्वेश्वरप्रसाद कोइराला

सदस्य  : गणेशमान सिंह

सदस्य  : सूर्यप्रसाद उपाध्याय

सदस्य : महावीर शमशेर

सदस्य  : रुद्रप्रसाद गिरी

सदस्य  : कुलवरकल्लु सिंह

सदस्य  : राजेश्वरीप्रसाद उपाध्याय

नेपाली कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिबाट २००७ सालमा प्रजातन्त्र स्थापना भयो। २००९ मा जनकपुरमा सम्पन्‍न पाँचौं महाधिवेशनबाट बीपी सभापति चुनिए। दलित समुदायका धनमानसिंह परियारलाई कांग्रेस महामन्त्रीको जिम्मेवारी दिइयो। नेपाली राजनीतिमा प्रमुख दलमा कुनै दलितले अहिलेसम्म उच्च पद प्राप्त गरेको यो नै मात्र घटना एक हो।

 पाँचौं महाधिवेशन-जनकपुर [२००९,जेठ १०,११ र १२]

सभापति  : विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री  : धनमानसिंह परियार

महामन्त्री  : राजेश्वरीप्रसाद उपाध्याय

सदस्य  : मातृकाप्रसाद कोइराला

सदस्य : सूर्यप्रसाद उपाध्याय

सदस्य : सुवर्णशमशर जबरा

सदस्य  : गणेशमान सिंह

सदस्य  : महेन्द्रविक्रम शाह

सदस्य : गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य : राधाकृष्ण थारू

सदस्य : रामनारायण मिश्र

सदस्य  : मित्रलाल गिरी

सदस्य  : काशीनाथ गौतम

सदस्य  : परशुनारायण चौधरी

सदस्य  : महावीर शमशेर

कार्यालय मन्त्री  : डीके शाही

प्रजातन्त्र स्थापना भएसंगै राजा त्रिभुवनले दुई वर्ष भित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए। तर अनेकौं बहानामा चुनाव सार्ने काम भयो। प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सभापति बीपी बीचको मुख्य मतभेद यही थियो। जसका कारण अन्तः २००९ सालमा कांग्रेस दोस्रो पटक विभाजित हुन पुग्यो। 

पार्टी विभाजन, २००९ भदौ २१ गते 

सभापति : मातृकाप्रसाद कोइराला

महामन्त्री : महेन्द्रविक्रम शाह

महामन्त्री  : बोधप्रसाद उपाध्याय

२०१२ मा वीरगन्‍जमा सम्पन्न महाविधेशनबाट सुवर्णशमशेर सभापति भए। त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी नीति अवलम्बन गर्‍यो।

छैटौं महाधिवेशन-  वीरगन्‍ज [२०१२ मंसिर १२, १३, १४]

सभापति :  सुवर्णशमशेर जबरा

महामन्त्री : विश्वबन्धु थापा

महामन्त्री : डा. तुलसी गिरी

सदस्य  : कृष्णप्रसाद भट्टराई

सदस्य  : श्रीभद्र शर्मा

सदस्य  : रुद्रप्रसाद गिरी

सदस्य  : रामनारायण मिश्र

सदस्य  : गिरिजाप्रसाद कोइराला

सदस्य : गणेशकुमार शर्मा

सदस्य  : ललित चन्द

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दा समेत मुलुकमा चुनाव हुन सकेन। त्यही वातावरणका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन विराटनगरमा सम्पन्‍न भयो र बीपी फेरि सभापति बने।

विशेष महाधिवेशन- विराटनगर [२०१४ जेठ १०]

सभापति :  विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री : सूर्यप्रसाद उपाध्याय

महामन्त्री : गणेशमान सिंह

कोषाध्यक्ष : सुवर्णशमशेर जबरा

सदस्य  : कृष्णप्रसाद भट्टराई

सदस्य  : श्रीभद्र शर्मा

सदस्य  : रुद्रप्रसाद गिरी

सदस्य  : धनमानसिंह परियार

सदस्य :  गोपालप्रसाद उपाध्याय भट्टराई

सदस्य  : हृदयराज शर्मा

सदस्य : गणेशकुमार शर्मा

बीपीको नेतृत्वमा राजालाई चुनाव गराउन बाध्य बनाएपछि कांग्रेसले दुई तिहाइको अपार जनमत प्राप्त गर्‍यो । कांग्रेसको इतिहासमा सातौँ महाधिवेशनको छुट्टै महत्व छ। पहिलो आफ्नै नेतृत्वमा १०४ वर्षे राणा शासन अन्त्य गरी कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व पाएको थियो। दोस्रो यो महाधिवेशन लगत्तै राजाले प्रजातन्त्र माथि कू गरी निरंकुश पञ्‍चायती व्यवस्था सुरु गरे।

सातौं महाधिवेशन- काठमाडौं [२०१७ वैशाख २५ गतेदेखि ३१]

सभापति  : विश्वेश्वरप्रसाद कोइराला

महामन्त्री  : श्रीभद्र शर्मा

सदस्य : सुवर्णशमशेर जबरा

सदस्य  : गणेशमान सिंह

सदस्य  : सूर्यप्रसाद उपाध्याय

सदस्य : मातृकाप्रसाद कोइराला

सदस्य : विश्वबन्धु थापा

सदस्य  : त्रिपुरवरसिंह प्रधान

सदस्य  : भूदेव राई

सदस्य  : गणेशकुमार शर्मा

सदस्य  : गिरिजाप्रसाद कोइराला

सदस्य  : रुद्रप्रसाद गिरी

सदस्य  : राधाकृष्ण थारु

सदस्य  : गिरीप्रसाद बुढाथोकी

सदस्य : तेजमान तुम्बाहम्फे

सदस्य  : कृष्णलाल श्रेष्ठ लेखक

सदस्य  : देवनाथदास यादव

सदस्य : श्रीमती राधादेवी

सदस्य : लोकेन्द्रबहादुर शाह

सदस्य  : टंकनाथ काफ्ले

सदस्य  : डिगबहादुर गुरुङ

सदस्य  : दलकृष्ण श्रेष्ठ

सदस्य  : चिन्ताहरण सिं

सदस्य : कृष्णबहादुर भट्टराई

सदस्य  : हेमराज शर्मा

सदस्य  : बलबहादुर राई

सदस्य  : चन्द्रलाल श्रेष्ठ

सदस्य  : रामेश्वर श्रेष्ठ

सदस्य  : सरोजप्रसाद कोइराला

सदस्य  : डीके शाही

सदस्य  : दिलबहादुर बुढाथापा

कार्यालयमन्त्री  : वासुदेव रिसाल

२०१७ पुस १ को राजनीतिक ‘कू’ पछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका शीर्ष नेता गिरफ्तार भए। अनि व्यक्तिगत कामको सिलसिलामा कलकत्तामा पुगेकाले पक्राउ हुनबाट जोगिएका नेता सुवर्णशमशेर राणालाई कार्यवाहक सभापति बनाइयो।राणाको नेतृत्वमा कांग्रेसले दोस्रो पटक सशस्त्र सुरु गर्‍यो। तर सफलता पाउन सकेन।

यसबीच आठ वर्ष लामो जेल जीवनबाट बीपी कोइराला रिहा भए। फेरि उनको नेतृत्वमा कांग्रेसले तेस्रो पटक सशस्त्र क्रान्ति सुरु गर्‍यो। हतियारको बलमा लड्ने दुवै प्रयास विफल भए। अनी राष्ट्रिय एकता तथा मेलमिलापको नीतिका साथ २०३३ साल पुस १६ गते ८ वर्ष लामो भारत प्रवासबाट बीपी स्वदेश फर्किए।

पटना सम्मेलन [२०३४ कात्तिक ५ र ६]

कृष्णप्रसाद भट्टराई : कार्यवाहक सभापति

गणेशमान सिंह : नेता

गिरिजाप्रसाद कोइराला : महामन्त्री

पर्शुनारायण चौधरी : महामन्त्री

बीपीमाथि मृत्युदण्ड माग दाबी गरिएका राजकाज सम्बन्धी आठ मुद्दा विचाराधिन थिए। दुई वटा सशस्त्र क्रान्तिमा असफलता बेहोरेपछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बीपी अग्रसर भए। त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइयो।

२०१७ को राजनीतिक ‘कू’ पछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन। सातौं महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा सम्पन्‍न आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध निर्वाचित भए।

आठौं महाधिवेशन- झापा  [२०४८] 

सर्वमान्य नेता : गणेशमान सिंह

सभापति  : कृष्णप्रसाद भट्टराई

महामन्त्री  : महेन्द्रनारायण निधि

सहमहामन्त्री  : वासुदेव रिसाल

कोषाध्यक्ष  : खनुप रुदे (रामबाबु) प्रसाईं

प्रवक्ता  : तारानाथ रानाभाट

सदस्य  : गिरिजाप्रसाद कोइराला

सदस्य  : मंगलादेवी सिंह

सदस्य  : नोना कोइराला

सदस्य  : शेख इद्रिस

सदस्य  : सुशील कोइराला

सदस्य  : भूविक्रम नेम्वाङ

सदस्य :  शैलजा आचार्य

सदस्य  : ढुण्डिराज शास्त्री

सदस्य  : भीमबहादुर तामाङ

सदस्य  : शेरबहादुर देउवा

सदस्य  : रामचन्द्र पौडेल

सदस्य  : चिरञ्जीवी वाग्ले

सदस्य  : खुमबहादुर खड्का

सदस्य  : सूर्यभक्त अधिकारी

सदस्य  : महन्थ ठाकुर

सदस्य  : मणि लामा

२०५३ साल वैशाख २६, २७ र २८ गते काठमाडौंमा सम्पन्‍न नवौं अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति भए।

नवौं महाधिवेशन- काठमाडौं [२०५३]

सभापति :  गिरिजाप्रसाद कोइराला

उपसभापति  : शैलजा आचार्य

महामन्त्री  : सुशील कोइराला (मध्यपश्चिमाञ्‍चलबाट सदस्य पदमा निर्वाचित)

महामन्त्री  : तारानाथ रानाभाट

सदस्य  : कृष्णप्रसाद भट्टराई

सदस्य  : महेन्द्रनारायण निधि

सदस्य  : शेख इद्रिस

सदस्य  : मंगलादेवी सिंह

सदस्य  : नोना कोइराला

सदस्य  : शेरबहादुर देउवा (सुदुरपश्चिमाञ्चलबाट निर्वाचित)

सदस्य  : रामचन्द्र पौडेल (पश्चिमाञ्चलबाट निर्वाचित)

सदस्य  : ढुण्डिराज शास्त्री

सदस्य  : भीमबहादुर तामाङ (मध्यमाञ्चलबाट निर्वाचित)

सदस्य  : खुमबहादुर खड्का

सदस्य :  चिरञ्जीवी वाग्ले

सदस्य  : भीमप्रसाद श्रेष्ठ

सदस्य  : महन्थ ठाकुर

सदस्य  : कुलबहादुर गुरुङ

सदस्य  : विजयकुमार गच्छदार ( पूर्वाञ्चलबाट निर्वाचित)

सदस्य  : ओमकारप्रसाद श्रेष्ठ

सदस्य  : तारिणीदत्त चटौत

सदस्य  : डा. रामवरण यादव

सदस्य  : महेश आचार्य

सदस्य  : दिलबहादुर घर्ती

सदस्य  : चन्द्रसिंह भट्टराई

सदस्य  : नरेन्द्रविक्रम नेम्वाङ

त्यसै गरी दसौं महाधिवेशनबाट कोइराला दोस्रो कार्यकालका लागि सभापति बने।

दसौं महाधिवेशन- पोखरा [०५७ माघ ६, ७, ८ र ९ गते]

 सभापति  : गिरिजाप्रसाद कोइराला

महामन्त्री  : सुशील कोइराला

कोषाध्यक्ष : महन्थ ठाकुर

सहमहामन्त्री  : गोविन्दराज जोशी

सदस्य  : कृष्णप्रसाद भट्टराई

सदस्य  : शेरबहादुर देउवा

सदस्य  : शैलजा आचार्य

सदस्य  : वासुदेव रिसाल

सदस्य  : नोना कोइराला

सदस्य  : रामचन्द्र पौडेल

सदस्य  : बलबहादुर राई

सदस्य  : लीला कोइराला

सदस्य  : कुलबहादुर गुरुङ

सदस्य  : चक्रप्रसाद बाँस्तोला

सदस्य  : डा.रामशरण महत

सदस्य : अर्जुननरसिंह केसी

सदस्य  : डा. रामवरण यादव

सदस्य  : महेश आचार्य

सदस्य  : दिलबहादुर घर्ती

सदस्य  : रामकृष्ण ताम्राकार

सदस्य  : बलदेव शर्मा मजगैयाँ

सदस्य  : कृष्णप्रसाद सिटौला

सदस्य  : लक्ष्मणप्रसाद घिमिरे

सदस्य  : गोपालराज पहाडी

सदस्य  : विनयध्वज चन्द

प्रवक्ता  : नरहरि आचार्य

सदस्य  : सुनिलकुमार भण्डारी

सदस्य  : प्रकाश कोइराला

सदस्य :  फरमुल्लाह मन्सुर

सदस्य  : पूर्णकुमार शेर्मा

सदस्य  : खुमबहादुर खड्का

सदस्य  : प्रकाशमान सिंह

सदस्य  : विमलेन्द्र निधि

सदस्य  : विजयकुमार गच्छदार

सदस्य  : चिरञ्जीवी वाग्ले

सदस्य  : प्रदीप गिरी

माओवादी विद्रोह उत्कर्षमा पुगेका बेला २०५९ असार पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा समूहले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गर्‍यो। यससँगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भयो।

पार्टी विभाजन, २०५९ नेपाली कांग्रेस प्रजातान्त्रिक 

सभापति : शेरबहादुर देउवा

उपसभापति : चिरञ्जीवी  वाग्ले

महामन्त्री  : खुमबहादुर खड्का

सहमहामन्त्री : विजयकुमार गच्छदार

सदस्यहरु

विमलेन्द्र निधि

प्रकाशमान सिंह

प्रदीप गिरि

नरेन्द्रविक्रम नेम्वाङ

अमरराज कैनी

भीमकुमारी बुढामगर

दुर्योधनसिंह चौधरी

शेख जाहिर

गोपालमान श्रेष्ठ

होमनाथ दाहाल

कृष्णवहादुर गुरुङ

चित्रलेखा यादव

नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला तेस्रो कार्यकालका लागि सभापति बने।

११ औं महाधिवेशन- ललितपुर   [२०६२ भदौ १४, १५, १६ र १७]

सभापति : गिरिजाप्रसाद कोइराला

उपसभापति : सुशील कोइराला

उपसभापति : रामचन्द्र पौडेल

महामन्त्री :  कुलबहादुर गुरुङ

महामन्त्री : डा.रामवरण यादव

सहमहामन्त्री : अर्जुननरसिंह केसी

अर्कोतिर नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशनबाट शेरबहादुर देउवा सभापति बने।

नेपाली कांग्रेस प्रजातान्त्रिक- काठमाडौं  [२०६२ पुस २१, २२, २३ र २४] 

सभापति : शेरबहादुर देउवा

उपसभापति : गोपालमान श्रेष्ठ

उपसभापति : प्रकाशमान सिंह

महामन्त्री : विमलेन्द्र निधि

२०६४ असोजमा आइपुग्दा नेपाली कांग्रेस र प्रजातान्त्रिक पार्टीबीच एकीकरण भयो ।

एकता महाधविशेन- ललितपुर [२०६४ असोज ७]  

सभापति : गिरिजाप्रसाद कोइराला

वरिष्ठ नेता : शेरबहादुर देउवा

कार्यवाहक सभापति : सुशील कोइराला

उपसभापति : रामचन्द्र पौडेल

एकीकरणपछिको पहिलो अधिवेशनबाट सुशील कोइराला सभापति चुनिए।

१२ औं महाधिवेशन-काठमाडौं  [२०६७ असोज १–५] 

सभापति : सुशील कोइराला

वरिष्ठ नेता : शेरबहादुर देउवा

उपसभापति : रामचन्द्र पौडेल

महामन्त्री : प्रकाशमान सिंह

कोषाध्यक्ष : चित्रलेखा यादव

सहमहामन्त्री : पूर्णबहादुर खड्का

पार्टीको १३ औं महाधिवेशनबाट निर्वाचित भएका शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति छन्।

 १३ औं महाधिवेशन- काठमाडौं [२०७२ फागुन चौथो साता] 

सभापति : शेरबहादुर देउवा

वरिष्ठ नेता : रामचन्द्र पौडेल

उपसभापति : विमलेन्द्र निधि

उपसभापति : विजयकुमार गच्छदार

महामन्त्री : डा. शशांक कोइराला

महामन्त्री : पूर्णबहादुर खड्का

सहमहामन्त्री : डा. प्रकाशशरण महत

सहमहामन्त्री : सुनिलबहादुर थापा

कोषाध्यक्ष : सीतादेवी यादव

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech