१२ श्रावण २०८१, शनिबार

भेरी अस्पतालका सबै सटर खाली गराइयो
  • न्युज मानसराेवर

बाँके। भेरी अस्पतालका सटरहरु खाली गरिएको छ । अस्पताल विकास समितिले भाडामा दिएका सबै सटर खाली गराएको हो । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराइएको जानकारी दिए ।

विशिष्टिकृत अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेकाले मन्त्रालयका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउँदै उनले यी संरचनाहरु हटाएर आकर्षक पर्खाल लगाइने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिचपत्रै गरेको थियो । तर धेरै जस्तो अस्पतालहरुले आफुसँग भएका सटरहरु भाडामा दिएर आन्तरिक आम्दानी गर्दै आएका थिए ।

भेरी अस्पतालका ३४ वटा सटर छन् । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका थिए ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech