१२ श्रावण २०८१, शनिबार

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क शिविर
  • न्युज मानसराेवर

बाँके–बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा शनिवार एकदिने निःशुल्क मुटुरोग तथा पाठेघरको मुखको क्यान्सरको पहिचान शिविर हुने भएको छ ।

मुटुको भिडियो एक्सरे इको मेशिनको शुभारम्भको उपलक्ष्यमा शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक डा कृष्ण आचार्यले जानकारी दिए । शिबिरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौका वरिष्ठ मुटुरोग विशेषज्ञ कार्तिकेश कुमार ठाकुरबाट मुटु रोग सेवा प्रदान गरिने उनको भनाइ छ ।

यस्तै प्रसुति गृह काठमाडौंमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर अनमिका झाको उपस्थितिमा पाठेघरको क्यान्सरको पहिचान गरिने छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका प्रोफेसर डा. निता सिंह र डा. राजश्री झाले समेत सेवा दिनुहुने निर्देशक डा आचार्यले बताए ।

क्यान्सर अस्पतालले मुटु रोग सेवालाई निरन्तरता दिने तयारी गरेको छ । त्यसका लागि फिजिशीयन डा क्रिष्टीन श्रेष्ठले गंगालाल ह्दयरोग केन्द्रबाट तालिम गरेर आइसकेका छन् ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech