कोहलपुर।संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका कार्यालय परिसरमा रुद्राक्षको विरुवा बृक्षारोपण गरेको छ ।
कोहलपुर नगरपालिका प्रमुख (एल्बी) लुट बहादुर रावतले रुद्राक्षको विरुवा बृक्षारोपण गरेका हुन।
नगरका १५ वटै वडामा नेपालको राष्ट्रिय झण्डा नयाँ राखिएको छ ।
मेयर रावलले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य रहेको बताउदै समृद्ध कोहलपुर निमार्णमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
नगर कार्यपालिकाको निर्णय अनुसार संविधान दिवसको अवसरमा वडा स्तरीय कार्यक्रम समेत संचालन गर्न निर्णय गरिएको कार्यपालिका सदस्य तथा विधायन समिति संयोजक भिम नेपाली जानकारी गराए ।
रुद्राक्ष बृक्षा रोपणको अवसरमा वडा अध्यक्ष कार्यापालिका सदस्य विभिन्न शाखाका प्रमुख कर्मचारी लगाएतको सहभागिता रहको थियो ।