२६ भाद्र २०८१, बुधबार

समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प पुरा गर्छौँःरुचाल
  • न्युज मानसराेवर

बैजनाथ ।  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पालन, संरक्षण र संवर्धन अनिवार्य रहेको बताएका छन।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने सङ्कल्प स्थानीय सरकारको रहेको उल्लेख गरेका छन।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश दिदै अध्यक्ष रुचालले राज्य व्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प रहेको बताउदै बैजनाथ गाउँपालिका जनताको अधिकार सुनिश्चित गर्नाका निम्ति स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन। समृद्ध बैजनाथ निमार्णमा सबैको योगदान आवश्यक रहेको बताउदै साझा ढृड सङ्कल्प हुन आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन।

कोभिड–१९ संक्रमणका कारण गत दुई वर्ष देखि हामीले यो राष्ट्रिय पर्वलाई विविध प्रकारका औपचारिक कार्यक्रमहरु गरी मनाउन पाइरहेका छैनौं ।  गत वर्ष जस्तै यो वर्ष पनि आ–आफ्नो घरमा, सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फराउने र दिपावली गरी संविधान दिवस मनाउनु हुन म सबै बैजनाथका जनताहरुलाई हार्दिक अनुरोध गर्दछु । गत दुई वर्ष देखि हामी सबै कोभिड–१९ को संक्रमणको जोखिमबाट प्रभावित छौं । संक्रमणको जोखिम अझै सम्म कायमै रहेकाले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरु प्रयोग गरी आ–आफ्नो दैनिक जीवनमा क्रियासिल हुन म सबै आम बैजनाथका जनताहरुलाई अनुरोध समेत गर्दछु’।शुभकामना सन्देशमा उल्लेख गरिएको छ’ ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech