१२ श्रावण २०८१, शनिबार

जनतासँग एमाले अभियान सञ्चालन गरिने सचिवःरत्न खत्री
  • न्युज मानसराेवर

बाँके । बाँके नेकपा (एमाले) ले आफ्नो १८ औं पूर्ण  जिल्ला कमिटिको बैठक सम्पन्न गरेको छ।

बैठकले  असोज ६ गते नेपालगन्जमा आयोजना  हुने वृहत कार्यकर्ता भेलालाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने  कार्यक्रममा
उत्साह र क्रियाशिलताका सफल बनाउने निर्णय गरेको नेकपा (एमाले) जिल्ला सचिव रत्न खत्रीले जानकरी गराए ।

यसै गरी पार्टी सदस्यता नवीकरणलाई असोज २० सम्म सकिसक्ने गरि योजना बनाउन पार्टीका स्थानीय तहगत कमिटीका बैठकहरु यसै हप्ता भित्र  सम्पन्न गर्ने निर्णय गरेको छ ।

पूर्ण बैठकले अहिलेको विशिष्ट परिस्थितिमा भ्रम, झुट र लोभको पछि नलागी एकतावद्व एमाले निर्माणको महान कार्यभारमा समर्पित हुन सबै कार्यकर्ता पंक्तिलाई आह्वान गर्ने र जनतासँग एमाले अभियान कार्यक्रम बाँकेका सबै वडाहरुमा संचालन गर्ने खत्रीले भने ।

बैठकमा नेकपा(एमाले) केन्द्रिय कमिटी सदस्य तथा बाँके इन्चार्ज खेममान खड्का, बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवाली, केन्द्रिय सदस्य मोहम्मद हारुन, प्रदेश सचिव भुमिश्वर ढकाल लगायत प्रदेश कमिटी सदस्यहरुको सहभगितामा जिल्लाको १८ औँ पुर्ण बैठक सम्पन्न गरेको छ ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech