२७ भाद्र २०८१, बिहीबार

गैर सरकारी लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका डिल बहादुर परियार चयन
  • न्युज मानसराेवर

बाँके। लुम्बिनी प्रदेश स्तरीय दलित गैर सरकारी संस्था महासंघको सम्मेलन सम्पन्न गरिएको छ।सम्मेलनबाट दलित गैर सरकारी महासंघ नेपालको अध्यक्षमा बाँकेका डिल बहादुर परियारको अध्यक्षमा १५ सदस्य कार्य समिति चयन गरिएको छ ।


सम्मेलन बाट उपाअध्यक्षमा बाँकेका बुद्ध सुनार उपाध्यक्ष छोटे हरीजन रुपन्देही मिना परियार उपाध्यक्ष कपिलवस्तु ,सचिव शसिराम परियार दाङ महासचिवमा निर्मला सुनार बाँके कोषाअध्यक्ष रामशरण रैदास कपिलवस्तु यसै गरी सदस्य मोलाह आर्य धोवि सदस्य बाँके ,हिरा विक बर्दिया ,विरेन्द्र रहिजन नवलपरासी टिका कुमारी विक बाँके,रुपा सुनार बर्दिया,संझना परियार कपिलवस्तु महानतम चमार नवलपरासी ओम प्रकाश हरिजन रुपेन्देही बाट चयन गरिएको गैर सरकारी महासंघ केन्द्रिय सदस्य नन्द विश्वकर्माले जनाकारी गराए ।

कार्यक्रममा दलित गैर सरकारी महासंघका अध्यक्ष तथा राष्ट्रिय सभा सांसद रामलखन हरिजले दलित अधिकार ,दलितका मौलिक हकहरु नेपालको संविधानले सुनिश्चत गरेको भएतापनि प्रभावकारी कार्यान्वयन अझै नभएको बताए । ‘उनले निर्वाचित पदाधिकारीहरुलाई दलित मुक्ति समान अधिकारका निम्ति समन्वयनकारी भूमिका निर्वाह गर्नाको लागि अनुरोध समेत गरे ।

सम्मेलनमा गैर सरकारी महासंघका केन्द्रिय पदाधिकारीहरुले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech