१२ श्रावण २०८१, शनिबार

बाँकेमा १२ संक्रमित थपिए, ६ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल नमुना परीक्षणमा २१.४३ प्रतिशत कोरोना पोजेटिभ हुन आउँछ।

भेरी अस्पतालमा ३५ नमुना परीक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा २१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।सोमवार संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१० का ३, वडा नम्वर–४ का १ जना र खजुरा गाउँपालिका–२ र ४ का २–२ जना छन् । नेपालगञ्जका संक्रमित १७ देखि १९ वर्ष उमेर समूहका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार १ सय ४२ पुगेको छ ।

यस्तै सोमवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ७४ जना छन् ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech