११ श्रावण २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना, १३ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके।  पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५हजार२४३ परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको कोरोनाका कारण ज्यान गएको छ।

मन्त्रालयका अनुसार यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ७२ जनाको ज्यान गएको छ।

सोही अवधिमा १हजार३२४ जना निको भएका छन् । कोरोना संक्रमण दर ८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech