१२ श्रावण २०८१, शनिबार

आम्दाको लापरबाहीले शिशुको मृत्यु भएको आरोप, मेसु भन्छन्- आमाको दूध सर्किएर हुन सक्छ
  • न्युज मानसराेवर

बुटवल- बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को लापरबाहीका कारण शिशुको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि रुपन्देही सैनामैना-८ बाँसगढीकी रिता परियारले २ महिनाकी बालिकालाई अस्पताल भर्ना गरेकी थिइन्।

अस्पतालको इर्मेजेन्सी कक्षमा शिशुलाई भर्ना गरी उपचार गरी निको हुँदै गएको तर आफूले डिस्चार्ज मागेपछि शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले न्यायको माग समेत गरेका छन्।

‘हिजोसम्म बच्चालाई ठिक भइसकेको थियो, हामीले घर लैजान भन्यौँ, तर दिनुभएन। घर लैजान भनेपछि शिशुको मृत्यु भएकाका कारण लापरबाही भएको सिधै देखिन्छ,’ मृतक शिशुका बुवा प्रेमले भने। उनले अस्पतालले उपचारमा लापरवाही र वेवास्ता गरेकाले आफूले छोरी गुमाउनुपरेको आरोप लगाए।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले भने उपचारमा कुनै कमी नभएको दाबी गरे। उनले बच्चामा रुने समस्या देखिएको तर निको भइसकेको उल्लेख गरे। आमाको दूध खुवाउँदा सर्किएर शिशुको मृत्यु भएको हुनसक्ने उनले आकलन गरे।

बिहीबार बिहान मृत्यु भएकी शिशुको शव अस्पतालको इर्मेजेन्सी कक्षमै राखिएको छ। आफन्तहरुले न्यायको माग गर्दै शिशुको शव बुझ्न मानेका छैनन्। प्रशासनले कुनै वास्ता नगरेको मृतक परिवारको आरोप छ।  नेपाल समय

 

 

 

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech