११ श्रावण २०८१, शुक्रबार

स्वच्छ खानेपानी र सरफाईलाई विशेष जोड गाउँपालिकाले दिईएको छ:अध्यक्ष रुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाका अध्यक्षम मान बहालुर रुचालले गाउँपालिका भित्र स्वच्छ पिउने पानी तथा सरफाई क्षेत्रको विकास गर्नका लागि विशेष नीति लिईएको बताएका छन् ।

लुमन्ती आवासका लागि सहयोग समूह कोहलपुरको आयोजना तथा बैजनाथ गाउँपालिकाको समन्वयमा बैजनाथ गाउँपालिका भित्र वास एसडिजी परियोजनाले संचालन गरेका क्रियाकलापहरुको अनुगमनका अध्यक्ष रुचालले उत्त कुरा बताएका हुन ।

बौजनाथ–४ मा रहेको नेपाल राष्ट्रिय माविको नवनिर्मित अपङ्गमैत्री शौचालय, बैजनाथ–४ मा रहेको नौवस्था खानेपानीको पछिल्लो अवस्था, बैजनाथ–३ मा रहेको नौवस्था स्वास्थ्य चौकी र बैजनाथ–३ का सामुदायिकहरुसँग भेटघाट गर्दै अध्यक्ष रुचालले बैजनाथका आम नागरिकहरुलाई स्वच्छ खानेपानीका लागि स्थानिय तहले विशेष योजना सहित काम गरिरहेको जानकारी गराएका हुन ।

रुचालले भौतिक विकाससँगै मानविय विकास आजको आवश्यकता रहेकोले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा स्वच्छ खानेपानी, शिक्षा र सरफाईसँग सम्बन्धित कामहरु गाउँपालिकाले संचालन गरिरहेको बताए ।

बैजनाथ–४ मा रहेको नौवस्था खानेपानीको पछिल्लो अवस्था बुझ्दै तीन महिनाभित्र खानेपानी संचालन गर्ने, बैजनाथ–३ मा रहेको नौवस्था स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यसै गरी बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले स्थानिय महिलाहरुलाई समूहमा आवद्ध गराई सफफाई सम्बन्धी सचेतना दिने काम भईरहेको बताएका छन् ।

लुमन्ती आवासका लागि सहयोग समूह कोहलपुरका प्रमुख सूर्य कुमार खड्काले स्वच्छ खानेपानी र सरफाईसँग सम्बन्धी स्थानिय सरकारसँग सहकार्य गरी लुमन्ती र वास एसडिजीले विभिन्न कामहरु गरिरहेको जानकारी दिएका छन् ।

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech