१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल
  • न्युज मानसराेवर

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा हात हालाहाल भएको छ । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि हात हालाहाल भएको थियो ।

यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरीव, विपन्न समुदायलाई १२ लाख रुपैया खर्चे अख्तियारी दिएको थियो । त्यो बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं। ५ का अध्यक्ष कैफुलबराह जोलाह र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार जंगिनु भएको थियो ।

कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहका बीचमा हात हालाहाल भएको हो । उनीहरुलाई छुट्याउने क्रममा कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको
बताए ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech