११ श्रावण २०८१, शुक्रबार

बिग्रिएका सिसिक्यामेरा मर्मतको काम शुरु
  • न्युज मानसराेवर

बाँके। नेपालगञ्जमा विग्रिएका सिसिक्यामेरा मर्मतको काम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा विग्रिएका क्यामेरा मर्मतको काम सोमवारदेखि शुरु भएको प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

एक महिना अघि त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान भएको छैन् । त्रिभुवन चोकको सिसिक्यामेरा विग्रिएका कारण प्रहरीलाई ठक्कर दिने मोटरसाइकल पहिचानमा समस्या भएको हो ।

स्थानीयले विग्रिएका सिसिक्यामेरा मर्मतका लागि आन्दोलन नै गरेपछि स्थानीय सरकार तथा प्रहरी प्रशासन सक्रिय भएका हुन् । नगरको शान्ति सुरक्षाका लागि भन्दै करिव ५ वर्ष अघि ५४ वटा सिसिक्यामेरा जडान भएका थिए । ती मध्ये हाल २२ वटामात्रै चालू अवस्थामा छन् ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech